सुपारीले यी गम्भिर रोगहरु निम्त्याउछ ।

सुपारीले यी गम्भिर रोगहरु निम्त्याउछ ।

विश्वभरि लाखौं मानिसहरूले सुपारी खान्छन्। तर धेरै मानिसहरूलाई थाहा छैन सुपारी के हो भनेर सुपारी वास्तवमा ताडको रूखको बीउ वा फल हो। सुपारी खानको लागी दक्षिणपूर्व एशिया मा पुरानो चलन थियो। यसको २००० वर्ष पहिले देखि प्रयोग हुदै आइरहेको छ।

विश्व स्वास्थ्य संगठनको अनुमान छ कि करिब ६०० मिलीयन मानिसहरूले सुपारी प्रयोग गर्दछन्। निकोटिनमदिरा र क्याफिन पछि यो विश्वको चौथो सबैभन्दा लोकप्रिय पदार्थ हो। सुपारी सांस्कृतिक र सामाजिक परम्पराको अभिन्न हिस्सा रहेको छ। तर अहिले सुपारी सम्बन्धी अध्ययन अनुसन्धाहरूले सुझाव दिइसकेका छन कि यसको नियमित सेवनले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ।

 

१.सुपारीले मुख सम्बन्धि रोग निम्त्याउँन सक्छ।

धेरै अध्ययनहरूले सुपारी खाने व्यक्ति हरुकोसुपारी सँग मुखको क्यान्सर र खानाको नलि बीचको सम्बन्ध पाइएको थियो। अमेरिकन डेन्टल एसोसिएशनको जर्नलमा प्रकाशित एउटा रिपोर्ट अनुसार नियमित सुपारी खाने व्यक्तिलाई मुख सम्बन्धि रोग सबमुकस फाइब्रोसिस हुने सम्भावना धेरै हुन्छ। यो रोगको कारण मुख कडा हुन्छ। यस कारणलेदाँत ले खानेकुरा चबाउँन मुस्किल हुन्छ। दिनहुँ सुपारी खाँदा दाँत बिग्रन सक्छ। दाँत स्थायी रूपमा गाढा रातो वा कालो रंगमा परिणत पनि हुन सक्छ।

 

२.सुपारीको प्रयोगले शरिरमा औषधि को प्रभाव कम गर्दछ।

सुपारी खाने बानीले औषधिको प्रभावलाई कम गर्न सक्छ र शरीरमा विषाक्त प्रतिक्रिया  वा टोक्सींग रिएक्सन पनि हुन सक्छ। यद्यपि औषधिमा सुपारीको प्रभावको बारेमा अझै पर्याप्त अध्ययनहरू उपलब्ध छैनन्। तर यो निश्चित छ कि यदि नियमित सुपारी खानु खायो भने सुपारीको लत लाग्छ। अन्ततः सुपारी छाड्न सकिदैन।

 

३. सुपारी सुर्तीजन्य पदार्थसँग मिसायर खानु अझ खतरनाक हुन्छ।

अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनका अनुसार सुपारी खानु वा यसको नियमित प्रयोग सुरक्षित हुँदैन। त्यस्तै रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले पनि चेतावनी दिन्छन की सुपारीलाई सुर्तीजन्य पदार्थमा मिसाएर खाएमा गम्भीर रोगहरू जस्तै मुखको सबमुकोस फाइब्रोसिसमुखको क्यान्सर र सास फेर्न अप्थ्यारो हुने समस्या इतयादी समस्या हुन सक्छ।

 

४.सुपारी गर्भवती महिलाहरूको लागी हानिकारक हुन्छ।

गर्भवती महिला र स्तनपान गराउने आमाहरूले सुपारी खानु हुँदैन। सुपारीको सेवनले केन्द्रीय स्नायु प्रणालीलाई असर गर्न सक्छजसले जन्मिने बच्चाको शरिरलाई जोखिममा पार्न सक्छ। त्यस्तै गरीसुपारीमा रहेको रसायनहरू स्तनपान गराउने आमाहरूको दूधमा विघटन हुन्छ जसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ।

 

५.दमको बिरामीहरूको लागी खतरनाक।

सुपारीले फोक्सोमा फ्लुइडको स्राव बढाउँदछजसले दम र एम्फाइसेमको जोखिमलाई बढाउन सक्छ।

 

६.मुटुको बिरामीहरुको लागी खतरा।

सुपारीको सेवनले मुटुको धडकन कम गर्दछ। त्यसकारण जसलाई पहिले नै मुटुको समस्या छ भने त्यस्ता मानिसहरूले सुपारी खानु हुँदैन।

 

७.अल्सरका बिरामीहरुलाई असर पर्छ।

पेट वा आन्द्रा अल्सर भएका व्यक्तिहरूले पनि सुपारीबाट टाढा रहनु पर्छ। विशेषज्ञहरूको भनाई अनुसार सुपारी खानाले अल्सरको समस्या बढाउन सक्छ।

समग्रमा यसको अर्थ यो हो कि कसैले पनि अनावश्यक रूपमा सुपारी खानु हुँदैन। यसको नियमित सेवनको कारणबिभिन्न किसिमका रोगहरूले तपाईंलाई समात्न सक्छन् वा स्थायी रोग अझ डरलाग्दो रोगहरु हुन सक्छ।

 

सुपारीले निम्त्याउने अन्य रोगहरू

अमेरिकन सोसाइटी फर क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक प्रारम्भिक चरणको अध्ययन अनुसार सुपारी नियमित खाँदा मोटोपनहृदय रोगर मेटाबोलिक सिन्ड्रोम जस्ता समस्याहरूको जोखिम बढाउने गर्दछ।

अहिलेसम्म यो पत्ता लागेको छैन कि छोटो अवधिको लागि सुपारी खान सुरक्षित छ कि छैन। तर लामो समयसम्म वा अधिक मात्रामा सुपारी खानु असुरक्षित मानिन्छ। एकैपटक ८ देखि ३० ग्राम सम्म सुपारी खाँदा ज्यान समेत जान्छ। लगातार सुपारी खानाको कारण ओठमुख को रंग रातो हुन सक्छ।

यसले क्याफिन र सुर्तीजन्य पदार्थले जस्तो उत्तेजना  निम्त्याउन सक्छ। यस बाहेकबान्ता पखालामुख गनाउँने समस्या,छाती दुख्नेअनियमित दिलको धड्कनबीपीहृदयघातकोमा र मृत्यु जस्ता गम्भीर साइड इफेक्ट हुन सक्छ।