पानीमा डुब्दा कसरी बच्ने र डुबेको व्यक्तिलाई कसरी बचाउने।

पानीमा डुब्दा कसरी बच्ने र डुबेको व्यक्तिलाई कसरी बचाउने।

नाक वा मुखले पानीको कारण सास फेर्न नसक्ने अवस्थालाई डुब्नु भनिन्छ। शुरुमापानीको थोरै मात्रामा डुब्ने व्यक्तिको फोक्सोमा जान्छजसको कारण मांसपेशीहरू गल्न थाल्छ र शरीरमा सास जान बन्द हुन्छ र व्यक्ति बेहोश हुन थाल्छ।

यसको मतलब यो हो कि डुब्ने व्यक्ति चिच्याउन र मद्दतको लागि बोल्न सक्दैन किनकि ऊसँग पर्याप्त हावा वा अक्सिजन हुदैन। बोल्न वा बोलाउन नसक्ने कारणले व्यक्तिले सहयोग प्राप्त गर्न सक्दैन र मान्छे नजिकै आसपास भए पनि ऊ बाच्न सक्दैन।

यस लेखले डुबेको व्यक्तिलाई कसरी बचाउनेकसरी आफूलाई डुबाउनबाट जोगाउनेडुबेको कसरी थाहा पाउने र प्यारामेडिकहरूले कसरी मद्दत गर्छन भन्ने बारेमा छलफल गरिएको छ।

 

कसरी जान्ने वा पत्ता लगाउनेकि कि कोही पानीमा डुब्दै छ  भनेर।

१.व्यक्ति आफ्नो टाउको र मुख पानीबाट बाहिर निकाल्न कोशिश गर्दैछ तर सफल भएको छैन।

२.व्यक्तिको टाउको पछाडि झुकेको छ र मुख खुला छ।

३.व्यक्तिले कुनै पनि ठाउँमा हेरिरहेको छैन वा दायाँ बायाँ हेर्दै आतिरहेको छ।

४.व्यक्ति छिटो सास फेर्दै वा सास फेरेको छैन।

५.व्यक्तिले एक दिशामा पौडी खेल्ने प्रयास गरिरहेको छ तर त्यसो गर्न सकिरहेको छैन।

६.व्यक्ति आफ्नो हात र खुट्टा छिटो छिटो हल्लाउँदैछ।

 

प्यारामेडिक्सले एक व्यक्तिलाई कसरी मद्दत गर्दछ

यदि कोही तपाईंको अगाडि डुब्दै छ भने तुरुन्तै मद्दतको लागी पुलिशलाई कल गर्नुहोस्। प्यारामेडिक सहयोगीले व्यक्तिलाई निम्न तरिकाले मद्दत गर्दछ।

१.सबभन्दा पहिलेव्यक्तिको सासमुटुको दर र रक्तचाप लाई स्थिर पार्ने काम हुन्छ।

२.ह्रदयको गतिलाई सामान्य बनाउनको लागि व्यक्तिलाई सीपीआर वा छातीमा हात राखेर प्रेस गरिन्छ।

३.मुटुफोक्सो र मस्तिष्क समस्या भएका मानिसहरूलाई उनीहरूको समस्या अनुसार उपचार दिइन्छ।

४.व्यक्ति डुब्नुको कारण र अन्य समस्याहरूको लागि जाँच गरिन्छजस्तैः

    • अक्सिजनको कम आपूर्तिको कारण मस्तिष्क र मुटुको मांसपेशीहरूमा समस्या।
    • फोक्सोमा पानी जमेको कारण हुने संक्रमण।
    • मिर्गौलामा हानी।

 

यदि कोही तपाईंको अगाडि डुब्दै छ भनेतपाईं निम्न तरिकाले बचाउ गर्न सक्नुहुन्छ।

१.पहिले नजिक वा वरपर रहेका व्यक्तिहरुलाई मद्दतको लागि बोलाउनुहोस र एम्बुलेन्सलाई कल गर्नुहोस्।

२.यदि तपाईंलाई सही तरिकाले पौडीन आउँछ र यसमा प्रशिक्षित हुनुहुन्छ भनेत्यस व्यक्तिलाई पानीबाट बाहिर निकाल्नुहोस्।

३.डुबेको व्यक्तिको नजिकै केहि पौडीन मिल्ने बस्तु जस्तै ट्यूब वा लाइफ ज्याकेटवा समात्न मिल्ने लामो डन्डा दिन प्रयास गर्नुहोस्।

४.यदि व्यक्तिले सास फेरेको छैन र उसको नाडी चल्दैन भनेउसलाई सीपीआर दिनुहोस् अर्थात दुबै हात छातीमा राखेर १ मिनेटमा १०० पटक सम्म प्रेस गर्नुहोस।

चेतावनीः यदि तपाइँ पौडीमा प्रशिक्षित हुनुहुन्न र पौडीने सहि तरीका थाहा छैन भनेडुब्ने व्यक्तिलाई बचाउन कोसिस नगर्नुहोस्। यस्तो गर्दा तपाईंको ज्यान समेत खतरामा पर्दछ।

 

यदि तपाईं डुब्दै हुनुहुन्छ भनेनिम्न बुँदाहरूलाई दिमागमा राख्नुहोस्

१.सर्वप्रथमशान्त हुनुहोस् र नडराउनुहोस्किनकि मांसपेशीहरूले आतिदा अधिक अक्सिजन प्रयोग गर्न थाल्छ र यस्तो अवस्थामा खतर बढ्न सक्छ।

२.तपाईको टाउको माथि राख्नुहोस् र सास फेर्न प्रयास गर्नुहोस्। फोक्सोमा हावाको कारणलेशरीर राम्रोसँग तैरन्छ तर छिटो सास फेर्दैन।

३.डुब्न लागेको महसुश हनासाथ सकेसम्म छिटो चिच्याऊनुहोस ताकि मानिसहरूले सुन्न सकोस।

४.पानीमा उफ्रिने प्रयास गर्नुहोस् ताकि मानिसहरूले तपाईंलाई देख्न सकून्।

५.यदि केहि बस्तुले तपाईंको वजन बढाउँदै छ भनेयसलाई हटाउनुहोस्जस्तै जुत्ता वा झोला।

६.तपाईंको टाउकोलाई पानीबाट बाहिर राख्न प्रयास गर्नुहोस्।

७.पानीमा उभिएर ठाडो हुनुकोसट्टासुत्न वा र्तेसो हुन कोशिस गर्नुहोस् र टाउको पछाडि झुकाउनुहोस्।

 

नोटः तपाईंले प्राथमिक उपचार दिनु अघि प्रशिक्षण लिनु पर्छ। यदि तपाईं वा तपाईंको वरपर कसैको कुनै प्रकारको आपतकालीन स्वास्थ्य समस्या छ भनेतुरून्त चिकित्सक वा अस्पताललाई सम्पर्क गर्नुहोस्। यो लेख जानकारी को लागी मात्र हो।