पेटको बोसो कम यो व्यायाम गर्नुहोस ।

पेटको बोसो कम यो व्यायाम गर्नुहोस ।

आजभोलीमानिसहरू फिटनेसको बारेमा धेरै सचेत भएका छन्। फिटनेसको लागी कुनै उमेर सीमा ले प्रतिबन्ध गर्दैन। हाम्रो देशमा जिमहरू सहरी क्षेत्रका बिभिन्न ठाउँमा खुला छन्जहाँ सयौं मानिसहरू बिहान र बेलुका व्यायाम गर्न आउँदछन् र यसका माध्यमबाट स्वस्थ र फिट रहन प्रयास गर्दछन्।

यस सन्दर्भमा एउटा समुह (३५ देखि ५० बर्ष उमेरका) मानीसहरु छन्जसले वजन कम गर्न कडा मेहनत गछर्न र केवल स्वस्थ जीवन जिउँन चाहन्छनभने अर्को समुह जो (१८ देखि ३० बर्ष उमेरका) युवाहरु फिटनेसको साथै पर्फेक्ट बडि सेप चाहान्छन।

सायद यही कारण होला कि धेरै युवाहरू सिक्स प्याक एब्स बनाउनमा व्यस्त हुन्छन्तर यस प्रयासमा केही मानीस हरु सफल र प्रायः असफल हुन्छन्। किनभने कठोर व्यायाम गरेर मात्र होइन उपयुक्त तरिकाले सहि निर्देशन मा व्यायाम गरिएन भने शरिरलाई नकारात्मक असर पर्नुका साथै सोच जस्तो नतिजा प्राप्त गर्न सकिदैन। तर निराश हुनु आवश्यक छैन। यदि तपाईं आफ्नो पेटको बोसो घटाउन चाहानुहुन्छ भनेप्ल्यांक तपाइको लागी उत्तम विकल्प हुन सक्छ र तपाईंको इच्छा पूरा गर्न सक्छ।

 

प्ल्यांकले पेटको बोसो कम हुनेछ।

प्ल्यांक एउटा यस्तो व्यायाम हो जसको लागि तपाईंलाई जिम जान आवश्यक पर्दैनतपाईं यो व्यायाम घरमा पनि गर्न सक्नुहुनेछ। लन्डनमा जिम प्रशिक्षकविक्की सायरले भनेका थिएकि फिट रहनुका र पेट घटाउँनुका धेरै शारिरिक लाभहरू छन्।

सायर भन्छन कि प्ल्यांकले पछाडिछातीर कोर (पेटको भाग) लाई मजबूत गर्दछजसले शरीरलाई उत्कृष्ट सेप दिन मद्धत गर्दछ। यस व्यायामको माध्यमबाटजसको काँध झुकेको छ उनिहरुको शरिर पनि सही सेपमा आउँछ। यस बाहेककम्मरको समस्या पनि हटाउन सकिन्छ। यदि तपाईंको कोर बलियो भयो भने चोटपटक लाग्ने सम्भावना पनि कम हुन्छ। कोरको बलको कारणतपाईं कुनै पनि कसरत राम्रो सँग गर्न सक्षम हुनुहुन्छ।

 

प्ल्यांक हात र घाँटी को लागी फाइदाजनक।

प्ल्यांकको माध्यमबाटतपाईं कोर (छातीको तल्लोदेखि कम्मरको माथिल्लो भागसम्म)पछाडि र छाती मात्र बलियो होइनतपाईंको घाँटीकाँध र हात पनि बलियो हुनेछ। प्ल्यांक तपाईंको दैनिक तालिकाका गतिविधिहरूसँग पनि सम्बन्धित छविशेष गरी जब तपाईं आफ्नो काँधमा भारी वा बोरा बोक्नुहुन्छ। प्लयांक हरेक दिन १ मिनेट जुन समयमा गर्दापनि शरिरको लागी उत्तम हुनेछ।

 

प्ल्यांक गर्दा यी गल्ती नगर्नुहोस्।

वास्तवमाप्ल्यांक गर्ने क्रममा गल्ती हुन सक्छ र यो अवलोकन गरिएको छ कि केही व्यक्तिले आफ्नो काँधको भित्री भाग धेरै झुकाउने गर्दछ। त्यसकारणयदि तपाइँ निश्चित रुपमा सहि तरिकाले गर्न चाहानुहुन्छ भने यसका लागि निम्न उत्तम विकल्पहरू पनि अपनाउन सकिन्छ।

१.लन्डनका ट्रेनर क्याट म्याक्सका अनुसार सबैभन्दा पहिले घोप्टो परेर सुत्नुपर्दछ।

२.तपाईंको कुहिना भुईमा राख्नुहोस हात मुट्ठी बनाएर शरिरलाई कुईना र्फाम र्आम्स र खुट्टा को मद्दतले माथी समतल तरिकाले शरिर उठाँउनुहोस।

३.तपाईंको शरिर तल बाट उठाउदा तपाईंको ग्लुट्स (हिप्सको शीर्ष)  सिधा रेखामा हुनुपर्दछ। र आफ्नो एब्स कडा बनाएर कुइना र ग्लुट्स को लेभल सिधा राख्नुपर्दछ।

 

यो व्यायाम गर्दा सावधान हुनुहोस्।

हेल्थ सँग सम्बन्धित डाक्टर फतमाका अनुसार प्ल्यांक गर्दा सावधान हुनु धेरै आवश्यक छ। यदि कुनै प्रकारको गल्ती भयो भने यसले गम्भीर परिणामहरू निम्त्याउन सक्छ। जस्तै

१.मांसपेशी दुख्न सक्छ : प्ल्यांक को समयमा थोरै लापरवाहीले मांसपेशि बिच्छेद गर्न सक्छजसले पीडा निम्त्याउँछ। सोही समयमागम्भिर किसिमको इनफेक्सन पनि हुन सक्छ।

२.जोर्नी दुख्न सक्छ : प्ल्यांक गर्ने क्रममा गल्ती भयो भने संयुक्त (हड्डी जोड्ने) ठाउँ मर्किन वा तलमाथी हुने सम्भावना हुन्छ।

३.स्नायुहरू वा नशा खुम्चिन सक्छ :  नशाहरु अत्यधिक तन्किदा नशाहरु र स्नायुहरु कमजोर हुन सक्छर अचानक असह्य पीडा निम्त्याउँन सक्छ।

समग्रमायदि तपाईं आफ्नो पेटमा भण्डार गरिएको बोसो कम गर्न चाहानुहुन्छ भनेआजैबाट प्ल्यांक गर्नुहोस्। यसको माध्यमबाट सकारात्मक परिणामहरूले तपाईंलाई व्यायाम गर्न उत्सुकता सिर्जना गर्दछ। साथै सहि तरिकाले शरिरलाई कुनै असर नपुग्ने गरि व्यायाम गर्नुपर्दछ।