दाह्री बढाउँन यी पौष्टिक चीजहरू खानुहोस।

दाह्री बढाउँन यी पौष्टिक चीजहरू खानुहोस।

दाह्री पाल्नु कसैको सौख हो। तर कतिपय व्यक्ति अनुसार दाह्री पाल्ने नपाल्ने भन्ने कुरा उनिहरुको सौख र बिचारधारा अनुसार फरक फरक रहन्छ। कसैलाई दाह्री राख्न मन पर्छ भने कसैलाई मन पर्दैन। र दाह्री पाल्ने सन्दर्भमा आफ्नो आफ्नो स्वभाव हुन्छ। दाह्री मन पराउनेहरुले यसलाई फेसनको रूप लिइसकेको छन जुन युवायुवतीहरू धेरैले मन पराइएको छ ।

यस शैलीको कारणले गर्दा दाह्री आकर्षक बनाउनको लागि बार्बरको मा गई दाह्री सेट गराउने फेशन को रुपमा बिकाश भइसकेको छ। तर कसैको दाह्री पातलो वा कम भएको कारण आफ्नो दाह्री को बारेमा पुरुषहरू चिन्तित हुन सक्छन्। धेरै पुरुषहरुलाई दाह्रीको बृद्धि गर्न को लागी सजिलो तरीका थाहा नहुन सक्छ।

यदि तपाई यस बारे चिन्तित हुनुहुन्छ भने तपाईले धेरै चिन्ता लिनु पर्दैन किनकि तपाईको डाइटमा केहि चीजहरू थपेर तपाईले आफ्नो दाह्री वा कपालको वृद्धि बढाउन सक्नुहुन्छ। त्यसको लागी नियमित रुपमा आफ्नो डाइट वा खानामा निम्न चिजहरु समावेश गर्न सक्नुहुन्छ।

 

१.दालचिनी

दालचिनीका धेरै फाइदाहरू छन्। यसले शरीरको तापक्रम वृद्दि वा शरिरमा न्यानोपन र तातपोपन वृद्धि गर्दछ जसले कपालको जरामा अक्सिजन युक्त रक्त संचार बढाउन मद्दत गर्दछ। यसले दाह्रीलाई बाक्लो र राम्रो पोषण पनि दिन्छ। यसलाई बिहान खाली पेटमा मह र तातो पानीको साथ सेवन गर्नु उत्तम मानिन्छ।

 

२.फर्सीको बिउ वा दाना

बोक्रामुक्तर नुनमुक्त फर्सीको दाना जिंकले भरिपुणर् रहेको हुन्छ। जिंक एक शक्तिशाली माइक्रो पोषक तत्व होजसले कपालको बृद्धिमा सबैभन्दा महत्त्वपूणर् भूमिका खेल्दछ। फर्सीको दाना सजिलैसँग बजारमा वा हामै्र करेसाबारीमा पाउँन सकिन्छ। यसलाई सुक्खावा पानीमा भिजाएर साथै अचारमा पनि फर्सीको दाना पिसेर खान सकिन्छ।

 

३.पालक

हाम्रो मनपर्ने पत्तेदार तरकारीहरू मध्य पालकको साग पनि एक हो। पालकमा भिटामिन एफोलिक एसिडआइरनभिटामिन सी र बीटा क्यारोटीन हुन्छ। यी सबै गुणहरूले छाला र दाह्री नरम र मस्तिष्क स्वस्थ राख्ने काम गर्दछ। यसको प्रयोग गर्ने उत्तम तरिका भनेको रसको रूपमा पिउनु वा तपाईं यसलाई स्मुदि बनाउन पनि सक्नुहुन्छ। यदि तपाईं आफ्नो दाह्रीको वृद्धि वृद्धि गर्न चाहानुहुन्छ भनेहरेक दिन एक गिलास पालकको जुस पिउनुहोस्। पालकको साग पनि तरकारीको रुपमा खादाँ पनि धेरै फाइदाजनक हुन्छ।

 

४.टुना माछा

टूना माछा ओमेगा फ्याट्टी एसिडको सबैभन्दा ठूलो एवंम मुख्य स्रोतको रूपमा परिचित छ। यो एक त्यस्तो तत्व हो जुन शरीरमा आफैँ उत्पादन हुँदैन। ओमेगा ३ छाला र कपालको उज्यालोको लागि धेरै महत्त्वपूण मानिन्छ। र यसको सन्तुलित एवंम नियमित सेवनले नयाँ कपाल फोलिकल्स लाई प्रोत्साहित गर्दछ जसले नयाँ कपालको रेशाहरु उत्पन्न हुन थाल्दछ। यदि तपाईं मांसाहारी हुनुहुन्छ र आफ्नो दाह्री कपाल बढाउन चाहानुहुन्छ भने तपाईंले आफ्नो खानामा टुना माछा पनि समावेश गर्नुपर्छ। तर यदि तपाईं शाकाहारी हुनुहुन्छ भनेतपाईं दाह्री र कपाल बढाउनका लागि पालक र फर्सीको दाना जस्ता शाकाहारी विकल्पहरू रोज्न सक्नुहुन्छ।

 

माथीका चीजहरू खाँदा दाह्री र कपाल मात्र बढ्दैनयसका साथै तपाईंको शरीरले आवश्यक पोषकहरू पनि पाउनेछ। अब ढिलाइ नगरिकनतपाईंको आहारमा यी स्वस्थ चीजहरू समावेश गर्नुहोस्।