दाँत र गिँजा बलियो बनाउँन ४ चिजहरु खानुहोस।

दाँत र गिँजा बलियो बनाउँन ४ चिजहरु खानुहोस।

निश्चित रूपमा दाँत बलियो बनाउँनका लागितिनीहरूलाई नियमित सफाई र रेखदेखको आवश्यक हुन्छ। दाँतमा पसेको खानाका कणहरू नियमित ब्रश गरेर हटाउन सकिन्छनियमित ब्रश र फलसिंग गर्दा दाँतहरूमा किरा लाग्दैन।

केबिटीज हुदाँ यसले दुबै दाँत र गिँजा लाई क्षति पुर्‍याउँछसाथै अरू धेरै समस्याहरू पनि निम्त्याउन सक्छ। यद्यपि अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन कि दाँतलाई बलियो बनाउन केही खानेकुरा खानु फाइदाजनक छ। त्यस्ता खानेकुराहरुको नियमित प्रयोगलेतपाईं दाँत र गिँजासम्बन्धी रोगहरूबाट बच्न सक्नुहुन्छ। त्यसोभए आउनुहोस् हामीहरू बताउँछौ डाईट मा कुन कुन खाने कुरा सामेल गर्दा दाँत र गिँजालाई बलियो बनाउँन सकिन्छ।

 

१. चिज

जनरल डेन्टिस्ट्री’ मा प्रकाशित एउटा अध्ययन अनुसार १२ देखि १५ वर्ष उमेरका मानीसहरु जसले पनीर खान्छन्उनिहरुको मुखमा एसिडको स्तर चिनी रहित दही र दूध पिउने मानीसहरुको  भन्दा धेरै कम हुन्छ।

यी मानीसहरुले अध्ययनको क्रममा दुध पिउँदा वा खाना खाँदा १०२०  मिनेट पछि मुख कुल्ला गर्दछन। दिनको बिभिन्न समयमा सबै सहभागीहरूको मुखको पि एच स्तर जाँच गरिएको थियो।

अध्ययनले पत्ता लगायो कि दुध र अन्य खाद्य पदार्थ खाने मानीसहरूको मुखको पि एच स्तरमा कुनै परिवर्तन आएको थिएनतर पनीर खाएका मानीसहरुको मुखको पीएच स्तरमा ठूलो गिरावट आएको पाइयो। यस अध्ययनको आधारमायो भन्न सकिन्छ कि चीजले एसिडलाई असर गर्न सक्छ। यसकारण चिज ले दाँत र गिँजाको समस्या हटाउँन मद्धत गर्दछ।

 

२.फाइबरयुक्त तरकारीहरू

अमेरिकन डेंटल एसोसिएसनका अनुसार फाइबरयुक्त खानाले दाँत र मुख सफा गर्न मद्दत गर्दछ। फाइबरयुक्त खानाले मुखमा लार बनाउँछ। त्यसकारण दाँत सुदृढीकरणका लागि यो खाना उत्तम विकल्प हो।

वास्तवमालारले प्राकृतिक तरीकाले गन्हाउँने र गम समस्याहरूसँग लड्न मद्दत गर्दछ। विज्ञहरुका अनुसार शुगर वा स्टार्च भएको डाइट खाएको २० मिनेट पछाडि तपाईको मुखमा लारको अभाव हुन्छ जसको कारण एसिड र एन्जाइमले दाँतलाई असर गर्न सक्छ। लारमा क्याल्शियम र फस्फेट कणहरू हुन्छन्। लार वा र्यालले खनिज पदार्थ लाई दाँतको त्यो भागमा पुराउँछ जहाँबाट दाँतको ब्याक्टेरिया एसिड समाप्त हुन्छ।

 

३.खाना खाएर दाँतको व्यायाम गर्नुहोस्

दाँत बलियो बनाउनका लागि यी खानाहरू उपयोगी हुन्छजस्तै गाजरस्याउ र काँक्रा। यस्ता फलफुल चबाउन दाँतले कडा परिश्रम गर्नुपर्दछजसले गर्दा दाँतको व्यायाम पनि हुन्छ।  विज्ञहरू भन्छन कि यी फलफुलहरूले मुखबाट गुह निकाल्न सहयोग गर्दछन्। तपाईं यी फलहरूलाई तपाईंको खानामा सलादको रूपमा समावेश गर्न सक्नुहुनेछ।

 

४.सुगर फ्रि च्युइंगम

सुगर रहित च्युइंगमले लार वा र्याल उत्पादनलाई उत्तेजित गर्दछ जसले गर्दा दाँत सफा गर्न मद्दत हुन्छ। लार वा र्याल बैक्टीरियाले पैदा हुने एसिडहरूलाई हटाउने प्रकृतिको गुण भएको हुन्छ।