खानामा यी पाँच चीजहरू समावेश गरेर छिटो तौल घटाउनुहोस्।

खानामा यी पाँच चीजहरू समावेश गरेर छिटो तौल घटाउनुहोस्।

सामान्य रूपमा विश्वास गरिन्छ ५०० ग्राम फ्याट मा ३५०० क्यालोरी हुन्छत्यसैले एक हप्तामा ५०० ग्राम फ्याट कम गर्नतपाईंले दैनिक ५०० क्यालोरी कम गर्नुपर्दछ। यसका लागि तपाईले कम क्यालोरी उपभोग गर्नुपर्दछ र व्यायाम पनि गर्नुपर्छ।

क्यालोरीहरू कम गर्नतपाईंले आफ्नो आहारमा केही परिवर्तनहरू गर्नु आवश्यक छ। उदाहरण को लागी९० क्यालोरी भएको ठूलो चिप्सको प्याकेटको सट्टा सानो प्याकेट खान सक्नुहुन्छ। यस बाहेकतपाई छिटो वजन घटाउन स्वस्थ आहार खानुपर्दछ।

हामी तपाईंलाई भन्छौ कि सबैभन्दा ठूलो जिम एथलीटहरू र प्रशिक्षकहरूले पनि वजन घटाउँनको लागी व्यायाम भन्दापनि खाना वा भोजन लाई महत्त्वपूण ठान्छन्। वजन घटाउने प्रक्रियामा७० प्रतिशत डाईट र ३० प्रतिशत शारीरिक व्यायाम को भुमिका रहेको हुन्छ। त्यसोभए हामीलाई तपाईहरुलाइ बताउदैछौ की ती ५ आहारहरू हुन् जसको मद्दतले तपाईं चाँडै वजन घटाउन सक्नुहुन्छ।

 

१.जैतुनको तेल वा ओलिभ तेल।

जैतुनको तेलमा मोन्युसेच्युरेटरी फ्याट हुन्छजसको कारणले यसलाई स्वास्थ्यको लागी राम्रो मानीन्छ। अनुसन्धानका अनुसार जैतुनको तेलमा रहेको ओलिक एसिड जब आन्द्रामा पुग्दछ र यो यौगिकमा रूपान्तरण हुन्छ जसलाई ओलिओलेथेनोलमाइड भनिन्छजसले भोक कम गर्दछ र मस्तिष्कमा पेट भरिएको संकेतहरू पठाउँदछ। त्यसैले जब तपाईं स्वस्थ सलाद घरमा खानुहुन्छयसमा जैतूनको तेल राख्न नबिर्सनुहोस्। यसले सलाद को फाइदालाई दुइ गुणा गराउँनेछ।

जैतून एक चम्मच तेल मा पाइने पोषकहरू।

क्यालोरी (११९)

कार्बोहाइड्रेट (० ग्राम)

फ्याट (१ नचबmक ग्राम)

प्रोटीन (० ग्राम)

 

२.अण्डाको सेतो भाग।

अण्डा स्वास्थ्य को लागी धेरै फाइदाजनक मानिन्छ र प्रोटीनको उत्तम स्रोत हो साथै अण्डामा स्वस्थ बोसो हुन्छ। यस बाहेकअण्डामा धेरै भिटामिन र खनिज पनि  पाइन्छ। अण्डाको सेतो भाग तौल घटाउने उत्तम तरिका मानिन्छ किनभने यसमा क्यालोरी अत्यन्त कम हुन्छ। बिहानको ब्रेकफास्टमा अण्डा खानाले तपाईंलाई पूणर् महसुस गराउँदछर ३६ घण्टाको लागि स्वचालित रूपमा तपाईंले क्यालोरीको सेवन घटाउनुहुनेछ।

१०० ग्राम सेतो अण्डामा हुने पोषक तत्वहरू।

क्यालोरी (५२)

कार्बोहाइड्रेट ( ०.७ ग्राम)

फ्याट (०.२ ग्राम)

प्रोटीन ( ११ ग्राम)

 

३.अन्न वा अनाज

यदि वजन घटाउन चाहानुहुन्छ भने केही अन्न तपाईका लागि राम्रो हुन सक्छ। तौल घटाउन खाइने अनाजमा खैरो चामलओट्सपीठोकोआटापास्ता र विभिन्न अन्नहरू रहेको हुन्छ। यसको ५०० ग्राममा करिब ५०० क्यालोरी हुन्छजुन तपाईंको पेट भर्नको लागी पर्याप्त हुन्छ।

अनाज को १०० ग्राम मा पाइने पोषण तत्वहरु

क्यालोरी (३४०)

कार्बोहाइड्रेट ( ७२ ग्राम)

फ्याट ( २.५ ग्राम)

प्रोटीन ( १३ ग्राम)

 

४.चिकेन ब्रेस्ट।

वास्तवमाचिकेन ब्रेस्टमा निकै कम क्यालोरीउच्च प्रोटिन र झन्डै शून्य फ्याट हुन्छ। यस बाहेकचिकेन ब्रेस्ट बनाउँने धेरै स्वादिष्ट तरीकाहरू छन्जसको मद्दतले तौल घटाउन सकिन्छ।

१०० ग्राम चिकेन ब्रेस्टमा पाइने पोषकहरु।

क्यालोरी (९८)

कार्बोहाइड्रेट ( २.९ ग्राम)

फ्याट ( १.९ ग्राम)

प्रोटीन ( १७ ग्राम)

 

५.हरियो तरकारीहरु

पालकबन्दकोबी र ब्रोकोली जस्ता हरिया तरकारीहरूले हामीलाई उच्च फाइबर मात्र प्रदान गर्दैनयसमा धेरै भिटामिन र खनिजहरू रहेको हुन्छ। जसले सोडियमको कारण पेट फल्ने समस्या कम गर्न मद्दत गर्दछ। हरीयो तरकारीहरू तपाईको नियमित खानामा समावेश गर्नुहोस्यसले तपाईको मेटाबोलिज्म सुधार गर्दछपेट सफा हुन्छ र पेटको बोसो बढ्दैन।

ब्रोकाउलीको १०० ग्राममा पाइने पोषण तत्वहरू।

क्यालोरी (३४)

कार्बोहाइड्रेट (६.६ ग्राम)

फ्याट (०.४ ग्राम)

प्रोटीन (२.८ ग्राम)

१०० ग्राम पालकमा पाइने पौष्टिक तत्वहरू

क्यालोरी (२३)

कार्बोहाइड्रेट (३.६ ग्राम)

फ्याट (०.४ ग्राम)

प्रोटीन (२.९ ग्राम)

 

नेश्नल हर्टलंग एण्ड ब्लड इन्सिटिच्युटका अनुसार अधिकांश पुरुषले प्रति दिन १५०० देखि १८०० क्यालोरी सेवन गरेर तौल घटाउन सक्दछन्जबकि अधिकांश महिलाले पनि १२०० देखि १५०० क्यालोरी प्रतिदिन सेवन गरेर तौल घटाउन सक्दछन्। यो पनि चेतावनी दिइएको छ कुनै पनि व्यक्तिले डाक्टरको सल्लाह बिना ८०० भन्दा कम क्यालोरी लिनु हुँदैन। तपाईले आफ्नो डाक्टर वा डाइटिसियनसँग पनि आफ्नो वजनलाई कति क्यालोरी चाहिन्छ भनेर परामर्श लिन सक्नुहुन्छ।