यौन क्षमता वा सेक्स स्टामीना बढाउने व्यायामहरु।

यौन क्षमता वा सेक्स स्टामीना बढाउने व्यायामहरु।

आजको यस युगमामानीसले आफैंको लागि त समय दिन सक्दैन भने उसले आफ्नो पार्टनरको लागी काँहा बाट समय निकालोस। यसले उनीहरूको स्वास्थ्यको साथसाथै उनीहरूको यौन क्षमतालाई र यौन सम्बन्धलाई पनि असर गर्छ। जसले उनीहरू बिचको आपसी सम्बन्ध बिगार्दछ। यस्तो अवस्थामा प्रायः मानीसहरु ओछ्यानमा आफ्ना साथीसँग लामो समय बिताउँन सक्दैनन्।

तपाइँको यौन जीवनलाई ताजा र क्षमत्तावान राख्नको लागि तपाइँले व्यायाम गर्नुपर्दछजसले तपाइँको पार्टनरलाई पनि खुशी पार्दछ। हामी यस लेखमा त्यस्ता व्यायामको बारेमा बताउँदैछौ जसले तपाइँको यौन क्षमत्ता को वृद्धि गर्दछ। र तपाईं आफ्नो पार्टनरलाई सन्तुष्ट र्पान सक्षम हुनुहुनेछ।

 

१.हलासन

यो आसनले तपाईंको यौन शक्ति बढाउन मद्दत गर्दछ। यो गरिसकेपछि तपाईले आफैमा धेरै परिवर्तनहरू स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। यो आसन यौन उर्जा बढाउन प्रयोग गरीन्छ। यसले पुरुष र महिलाको यौन ग्रंथिहरूलाई कडा र सक्रिय बनाउँदछ। तपाईं दैनिक यो व्यायाम गरेर आफ्नो पार्टनरलाई खुशी पार्न सक्नुहुन्छ।

 

२.पौंडी वा स्विमिंग

पौंडीले तपाईंको शरीरको रगत बहाउँदछ र तपाईंको शरीरको शक्ति बढाउँदछ। यदि तपाईं आफ्नो साथीसँग लामो समयसम्म ओछ्यानमा बस्न चाहनुहुन्छ भने निश्चित रूपमा हप्तामा ४ दिन पौडी खेल्नुहोस्यसले तपाईंको यौन क्षमता बढाउँदछ। एक हार्वर्डको अध्ययनले पत्ता लगाएको छ कि सामान्यतया पौडी नखेल्ने ४० वर्ष भन्दा ६० वर्षको उमेरमा पौडी खेल्नेहरूले बढी यौन सम्बन्ध राखेका थिए।

 

३.पुश अप

सम्पूण शरीरको लागि पुश अप व्यायाम उत्तम हुनुको साथैपुश अप्स दीर्घकालीन सेक्स र बढ्दो सेक्स क्षमताको लागि प्रभावकारी व्यायाम हो। जो विभिन्न सेक्स पोजीशनहरू प्रयोग गर्न चाहन्छन् वा यौनको समयमा उनीहरूको पार्टनरलाई खुशी पार्न चाहान्छन् भने उनीहरूले पुश अप गर्नु पर्छ। तपाईं जति बढी पुशअपहरू गर्नुहुन्छत्यति नै लाभदायक हुनेछ।

 

४.दौद वा रनिंग

के तपाईंलाई थाहा छ दौड तपाईंको लागि कत्ति लाभदायक छ भनेरचाहे तपाईं मैदानमा दौडनुहुन्छ वा ट्रेडमिलमा दुबै तपाईंको लागि फाइदाजनक हुन्छ। सर्वप्रथमयसले तपाईंको मांसपेशीहरूलाई बलियो बनाउँछ र तपाईंको सहनशक्ति पनि बढाउँदछ। सहनशक्ति बढाउँदैयसले तपाईंको यौन जीवनलाई प्रत्यक्ष फाइदा पुग्छ।

 

५.स्किपिङ डोरी

एउटा अनुसन्धानले पत्ता लगाएको थियो कि धेरै वजन भएका व्यक्तिलाई यौन सम्पर्क गर्न गाह्रो हुन्छ। यस कारणले गर्दातपाईं पार्टनरसँग ओछ्यानमा धेरै समय दिन सक्नुहुन्नजसको कारणले तपाईंको साथीसँग तपाईंको सम्बन्ध बिग्रन थाल्छ र तपाईंको यौन जीवन पनि प्रभावित हुन्छ। यसकारण वजन घटाउँन नियमित स्किपिङ गर्नूहोस।

 

६.पद्मासन

यौन समस्यालाई पार गर्न र यौन शक्ति वृद्धि गर्न पद्मासन धेरै प्रभावकारी व्यायाम हो। यो आसनले तपाईंको मांसपेशिपेटमूत्राशय र घुँडा स्ट्रेच बनाउँदछजसको कारणले तपाईंको आन्तरिक अंगहरुले शक्ति प्राप्त गर्दछन्। यसले शरीरलाई उत्तेजित मात्र गर्दैन साथै तपाईंको यौन जीवन पनि राम्रो बनाउँछ

 

७.सेतुबंधासन

ग्लुट ब्रिज व्यायाम लाई सेतुबंधासन भनिन्छयो गर्नाले शरीरलाई धेरै शक्ति मिल्छ। यो कसरत ग्लूट्सह्यामस्ट्रिंग्सकोर मांसपेशिहरुहिप मांसपेशिहरुतल्लो भागको पछाडिको मांसपेशिहरु र स्पाइन को स्थिरीकरण मजबूत गर्दछ र तपाइँको यौन क्षमता लाई बढाउछ।

 

८.प्लयांक

यो सामान्य व्यायाम हो तर अत्यन्त प्रभावकारी पनि छ किनकि यो कम्मर र मांसपेशिको लागि लाभदायक छ। यसले सेक्स स्टामीना बढाउँदछ र तपाइँलाई पर्याप्त सहनशक्ति प्रदान गर्दछ। यदि तपाईं आफ्नो पार्टनरसँग सेक्सको समयमा छिटो थाक्नुभयो भने तपाईंले यो व्यायाम गर्दा तपाइको स्टामीना बढद्छ। यसले तपाईंको यौन क्षमता बढाउँछ।

यी सबै अभ्यासहरूले तपाईंको यौन जीवनमा तपाईंलाई धेरै मद्दत गर्दछ र तपाईंको साथी लाई पनि खुशि राख्न यी व्यायामहरु निकै महतवपुण छन्।