बाझोँपन हुनुका कारण र यसको उपचार।

बाझोँपन हुनुका कारण र यसको उपचार।

प्रजनन एक प्राकृतिक प्रक्रिया हो जसमा सबै जीवित प्राणीहरूले एक वा अन्य विधि मार्फत आफ्ना प्रजातिहरूको बच्चा उत्पादन गर्छन्। मानवमा प्रजनन निषेचनको माध्यमबाट हुन्छ, जुन पुरुषको शुक्राणु महिलाको अण्डाकोषमा मिलन हुदाँ हुन्छ। यो एक प्राकृतिक प्रक्रिया हो। केहि केसहरूमा यो प्रक्रिया अरुकोजस्तो प्राकृतिक र रमाईलो नहुँन सक्छ।

यदि कुनै महिला वा पुरुषले आफ्नो सन्तान जन्माएर पुस्तालाई अगाडी बढाउँन असमर्थ हुन्छन् भने यसलाई बाझोँपन भनिन्छ। यसको कारण र उपचार महिला र पुरुषहरू बीच फरक हुन्छ किनकि तिनीहरूको प्रजनन प्रक्रिया पनि फरक हुन्छ।

Ad

पुरुषहरूमा बाझोँपन

हामीले माथि भनेझैं, जब शुक्राणु अण्डा कोषमा उर्वरण गर्न असक्षम हुन्छन्, यसलाई नपुंसकताका वा बाझोँपन भनिन्छ। पुरुष प्रजनन, स्खलन पछि निस्कने वीर्यको मात्रा र गुणस्तरमा निर्भर गर्दछ। पुरुषहरूमा, नपुंसकताका वा बाझोँपन दुई अवस्था हुनसक्दछ, कि त उनीहरूको वीर्यमा पर्याप्त शुक्राणु हुँदैन, कि त स्पर्म अण्डमा पुग्न असमर्थ हुन्छ।

यी दुवै सर्तहरुमा प्रजनन सम्भव हुदैन। यस बाहेक, पुरुषहरुमा नपुंसक को केहि लक्षण देखिदैन तर पनि, पुरुषहरु अझै पनि संभोग गर्न सक्छन। कुरा यति हो कि पुरुषहरुको वीर्यको शुक्राणु महिलाको अण्डमा पुग्न सक्दैन जसको कारण पुरुषहरुमा बाझोँपन रहेको मानीन्छ।

पुरुषहरूमा बाझोँपनका कारणहरू

टेस्टोस्टेरोनको अभावको कारण, शुक्राणुको संख्या कम हुन थाल्छ। त्यस्तै, कुनै पनि शल्यक्रिया, क्यान्सर वा टेस्टिकुलर संक्रमणको कारण, शुक्राणुको उत्पादन पुरुषहरूमा कम हुन थाल्छ। कहिलेकाँही तातो तापक्रममा व्यायाम गर्दा, टाईट कपडा लगाएर व्यायाम गर्दा, र सौना बाथको प्रयोगले अण्डकोषको बृद्धि गर्दछ।

जसले गर्दा शुक्राणुको उत्पादन कम हुन थाल्छ। केहि अवस्थाहरूमा स्पर्म काउन्टको कमी हुनु आनुवंशिक रोगको कारण पनि हुन सक्दछछ। पुरुषहरूमा नपुंसकता वा बाझोँपन रक्सी वा ड्रग्सको बढि उपभोगको कारणले पनि हुन्छ।

महिलामा बाझोँपन

महिलामा बाझोँपन को प्राकृतिक कारण तिनीहरूको उमेर हो। उमेर बढ्दै जादाँ महिलाको उर्वरता वा प्रजनन क्षमत्ता कम हुदै जान्छ। उमेर बाहेक अन्य कारणहरू फेलोपियन ट्युब को डयामेज, अण्डाशय समस्याहरू वा गर्भाशयमा हुने हानी इतयादी हुन्। यी सबै कारणहरूले गर्दा, स्वस्थ शुक्राणु अण्डामा पुग्दापनि अझै पनि महिलाहरु बच्चा जन्माउन असर्मथ हुन्छन।

महिलामा बाझोँपन को कारण

थाइरोइड ग्रंथिका हर्मोनको असन्तुलन, धेरै तनावको कारणले ओभुलेसनमा कठिनाई र अनियमित महिनाबारीको कारणले महिलामा बाझोँपन हुन सक्छ। धेरै मोटोपन वा वजन एकदमै कम हुदाँ, गर्भाशय मा ट्यूमर वा सिस्ट हुदाँ, अंडाशय वा ओभरिको डयामेज हुदा यस्ता बिभिन्न कारणले महिलामा प्रजनन सम्भव हुदैन।

गर्भावस्थामा, महिलाको शिशुलाई डिईएस नामक औषधि दिने गरिन्छ यसले पनि उनिहरुको प्रजनन क्षमतालाई कमजोर गर्न सक्दछ। रक्सी, निकोटीन वा अन्य कुनै औषधिको नियमित प्रयोगले पनि महिलामा बाझोँपन निम्त्याउन सक्छ।

उपचार

पुरुष र महिलामा बाझोँपन पत्ता लगाउन थुप्रै परीक्षणहरू गरिएका छन्। ति मध्य, पिशाब र रगत परीक्षण सबैभन्दा सामान्य हो, जसले कसको उर्वरता कमजोर छ भनेर देखाउँदछ। धेरै जसो केसहरुमा, बाझोँपनको लागि उपचार सफल हुन्छ र उनिहरु अभिभावक बन्न सक्षम हुन्छन।

पुरुषहरूमा उपचार

कम शुक्राणु संख्या भएका पुरुषहरूलाई कृत्रिम गर्भाधान द्वारा महिलाको गर्भाशयमा पुरुषको स्र्पम इन्जेक्ट गरिन्छ। थप रूपमा, भिट्रो फर्टिलाइजेसन पनि एउटा विधि हो जुन शुक्राणु र अण्डलाई कृत्रिम तरीकाले प्रयोगशालामा निषेचित गरिन्छ र त्यसपछि महिलाको गर्भमा राखिन्छ। विभिन्न औषधी र हर्मोन ईन्जेक्सनले पनि कम स्पर्म काउन्ट वा संक्रमण निको पार्न सकिन्छ।

महिलामा उपचार

विभिन्न संक्रमणको कारण बाझोँपनको समस्या हटाउँन एन्टिबायोटिक प्रयोग गरिन्छ। हार्मोनल असंतुलनको स्थितिमा बाहिरबाट हार्मोनहरू शरीरमा ईन्जेक्सन गरिन्छ। यस बाहेक, विभिन्न सपलिमेन्टसहरु छन् जसले प्रजनन क्षमता बढाउन मद्दत गर्दछ।