पुरुषहरूमा यौन चाहना कमीका कारण र लक्षणहरू।

पुरुषहरूमा यौन चाहना कमीका कारण र लक्षणहरू।

पुरुषहरूमा यौनचाहनाको समस्या हुनु सामान्य हो। यस्ता धेरै पुरुषहरू छन् जो समय समयमा सेक्समा रुचि राख्दैनन्यस बाहेकपुरुषहरूमा यौनचाहनाको स्तर उमेर अनुसार फरक हुन सक्छ। कहिलेकाँही तपाईको रूचि र पार्टनरको रुचि नमिल्न सक्छजसको कारण तपाइँको जीवनसाथी तपाई संग खुशी नहुन सक्छ। तर लामो समयसम्म यौनइच्छा कमि हुदाँ तपाईको जीवनसाथीलाई चिन्ताको विषय बन्न सक्छ। यसको साथै तपाईंको गलत जीवनशैली र गलत खानापानको बानीले तपाईलाई थुप्रै रोगहरूको शिकार बनाउँन सक्छ।

 

पुरुषहरूमा हुने यौनचाहना कमिका कारणहरु

१. डिप्रेसन

डिप्रेसनले कुनै पनि व्यक्तिको व्यक्तिगत जीवनलाई असर गर्दछ। उदासिनता भएका व्यक्तिहरूले उनीहरूको दैनिक गतिविधिहरूमा कम रुची राख्ने गर्दछन। डिप्रेसनले दुबै पुरुष र महिलाको यौन इच्छालाई कम गर्दछर उनीहरूलाई सफल र सन्टँुष्ट यौन सम्बन्धको लागि धेरै गाह्रो बनाउँदछ।

 

२.निद्राको अभाव

टेस्टोस्टेरोनको अभावले अक्सर पुरुषको यौन इच्छामा कमी निम्त्याउँछ। एउटा अध्ययनले पत्ता लगाएको थियोजो मानिसहरू रातीमा राम्रोसँग निदाउँदैनन्उनिहरुको शरीरमा टेस्टोस्टेरोनको मात्रा घट्छ। यस अध्ययनबाट एउटा कुरा स्पष्ट भयो कि यौन इच्छाको कमी र निद्राको कमी दुबै एक अर्कासँग सम्बन्धित छ। यदि तपाईंलाई तपाईंको यौन इच्छा कम हुँदैछ जस्तो लाग्छ भनेत्यसोभए तपाईं आफ्नो निन्द्रा पूरा गर्ने प्रयास गर्नुहोस्।पर्याप्त निद्राले तपाईंको यौन इच्छा समेत सुधार गर्दछ।

 

३.बढ्दो उमेर

तपाईको शरीरमा हर्मोनको स्तरहरू सँधै स्थिर रहन सक्दैन। उमेर बढ्दै जाँदातपाईंको शरीरमा हर्मोनको स्तर पनि कम हुन्छ। टेस्टोस्टेरोन शरीरमा हर्मोनको रूपमा रहेको हन्छ र यो हर्मोन पुरुषको यौनइच्छासँग सम्बन्धित हुन्छ। पुरुषहरूमा टेस्टोस्टेरोनको अधिकतम मात्रा किशोरावस्थामा हुन्छ। अध्ययनहरूले यो देखाएको छ कि पुरुषहरू प्रायः ६० देखि ६५ वर्षको उमेरमा उनीहरूको यौनचाहना कमीको अनुभव गर्न सक्दछन्।

 

४. धुम्रपान वा मद्यपान

धूम्रपानरक्सीको अत्यधिक सेवनले तपाईंको यौन क्षमतामा पनि नराम्रो असर पर्छ। किनकि यदि तपाईं कुनै पनि प्रकारको औषधीको अत्यधिक उपभोग गर्नुुहुन्छ भने जसको कारणले शरीरमा हार्मोनहरू असंतुलित हुन्छन् र यस हार्मोनल असंतुलनको कारणटेस्टोस्टेरोनलाई पनि खराब प्रभाव पर्न जान्छ। जसको कारणले यौन क्षमता कम हुन थाल्छ।

 

५.कुनै पनि व्यायाम गर्ने बानी नहुँदा

यस्ता धेरै व्यत्तिहरु हूछन् जो शारीरिक व्यायाम गर्दैनन्। जसले गर्दापुरुषहरूमा यौनचाहनामा कमी आउँछवा उनीहरूको टेस्टोस्टेरोनको कमीको कारण हुन सक्छ। यसको कारणले गर्दा त्यस्ता व्यक्तिहरुको शारीरिक र मानसिक विकासमा पनि नराम्रो प्रभाव पर्दछ।

 

पुरुषहरूमा यौनइच्छा कमिका लक्षणहरू

  • शारीरीक ऊर्जा को कमि
  • बिरामी हुनु,
  • जहिले पनि तनाव महसुस हुने
  • यौन सम्पर्क  गर्दा धेरै चाँडो थाक्ने
  • निजी अगं हरुमा दुखाई
  • यौन इच्छा को अभाव

 

पुरुषहरूमा यौन चाहना बढाउने तरिकाहरू

१.मेथी

यौन चाहना समस्याको लागि तपाईंले मेथी प्रयोग गर्नुपर्दछयो अत्यन्त प्रभावकारी औषधि मानिन्छ। दुई चम्मच मेथीको दाना पीस्नुहोस् र आधा चम्मच मह मिसाउनुहोस् र रातको समयमा यसलाई खानुहोस्यसो गर्नाले तपाईलाई यस समस्याबाट छिट्टै छुटकारा मिल्नेछ।

 

२.तिलको तेल

तिलको तेल थोरै मात्रा मा रातमा सुत्नु अघि आफ्नो टाउको र शरीरको मसाज गर्नुहोस्यसले शरिरलाई निकै फाइदा हुनेछ।

 

३.अश्वगन्ध

अश्वगन्ध कैयौ शताब्दी पुरानो औषधी होयसले धेरै रोगहरूको उपचार गर्दछ। अश्वगन्धा  यौन शक्ति बढाउन प्रयोग गर्न सकिन्छ। यसको लागिआधा चम्मच अश्वगंधा पाउडर बिहान र बेलुका दूधको साथ सेवन गर्नाले यौन इच्छा बढाउने वा यौन शक्ति सम्बन्धी समस्याहरूलाई कम गर्दछ।

 

४.अमला

अमला यौन शक्ति बढाउन लामो समयदेखि प्रयोग हुँदै आएको छयसले यौनसँग सम्बन्धित समस्याहरूलाई हटाउनमा महत्त्वपूण भूमिका खेल्दछ। अमलाको चूणर्मा एक चम्चा  मह मिसाएर दिनको दुई चोटी खाने गर्नुहोस्। यसले तपाईंको यौन शक्ति बढाउन मद्दत गर्दछ।

 

५.लसुन

लसुनमा हुने एलिसनले पुरुषहरूको शरीरमा रक्त संचार र अन्य अंगहरूमा उचित रक्त संचार कायम राख्छ। लसुनले यौन हार्मोन नियन्त्रण गर्दछ। लसुनमा भिटामिन बी ६ र सेलेनियम हुन्छजसले शुक्राणुहरूलाई गुणस्तर र प्रभावकारी बनाउन अत्यावश्यक भूमिका खेल्छत्यसैले तपाईंले आफ्नो खानामा लसुन खानु उत्तम मानिन्छ।

 

६.प्याज

आधा चम्मच सेतो प्याजको रसको आधा चम्मच मह र आधा चम्मच चिनी पाउडर मिलाएर बिहान र बेलुका घोलेर प्रतिदिन सेवन गर्दा शुक्राणुको गुणस्तर बढ्छ र तपाईको सेक्ससँग सम्बन्धित धेरै समस्याहरूलाई हटाउँछ।

 

७.गाढा चकलेट

तपाईलाई सायद थाहा नहोला डार्क चकलेट एक यौन उत्प्रेरकको रूपमा चिनिन्छ। चकलेटमा विभिन्न गुणहरू हुन्छन् जसले मस्तिष्कबाट लभ हार्मोनहरू बढाउने काम गर्दछ। गाढा चकलेटले सामान्यतया सेक्सको इच्छा बढाउँदछ।

यदि तपाइँको पार्टनरसँग पनि यस प्रकारको समस्या छ भनेलापरवाही गर्नुहुन्न। किनकी यसको कारणले गर्दा तपाईलाई  धेरै स्वास्थ्य सम्बन्धि समस्याहरू हुन सक्छन्। त्यसकारणयस्ता समस्या हरुलाई बेवास्ता गर्नु हुँदैन। यस्तो अवस्थामातपाइँ डाक्टरसँग पनि विशेष परामर्श लिन सक्नुहुन्छ।