दाँत बलियो बनाउँने उपायहरू।

दाँत बलियो बनाउँने उपायहरू।

मजबुत दाँतले तपाईंको हाँसोलाई सुन्दर बनाउँदछसाथै बलियो दाँत स्वस्थ मुखको प्रतीक पनि हो। मुखलाई सफा राख्नाले केबिटिज बाट बचाउछदाँत पहेलो हुँदैन र मुख बाट गन्ध आउँदैन।

केही अनुसन्धानका अनुसार मुख सम्बन्धि समस्याले अन्य धेरै स्वास्थ्य समस्याहरू जस्तै मुटुसम्बन्धी समस्यास्ट्रोकदिशाको समस्याकिडनी रोगचिनी रोग र मुखको क्यान्सर समेत हुने गर्दछ। दाँतहरू बलियो एवंम स्वस्थ बनाउनको लागि दिनमा दुई पटक ब्रश गर्नुहोस्। यस बाहेक हामीले तपाईलाई दाँत बलियो र सुदृढ पार्न केहि घरेलु उपचार पनि बताउनेछौंजसको सहायताले तपाईले आफ्नो दाँत सजीलै बलियो बनाउन सक्नुहुनेछ।

 

दाँत बलियो बनाउने उपायहरू।

१.दाँतलाई बलियो बनाउनको लागितेल पुलिंग गर्ने।

तेल पुलिंग लाई तेल स्विशिंग पनि भनिन्छ र यो धेरै पुरानो आयुर्वेदिक उपचार हो जसले दाँत र गिँजालाई बलियो बनाउन मद्दत गर्दछ। यसले मुखको अशुद्धताहरू शुद्ध पार्छसाथै मुखका ब्याक्टेरिया र हानिकारक कीटाणुहरू पनि मार्दछ। यसको लागी सर्वप्रथम दुई चम्मच तिलको तेल मुखमा राख्नुहोस र २० मिनेट को लागी मुखमा तेल घुमाउनुहोस्। त्यसपछि तेल बाहिर थुक्नुहोस् र लगत्तै मन तातो पानी मुखमा लिनुहोस् र कुल्ला गर्नुहोस्। मुखको ब्याक्टेरियाहरूलाई मार्न तपाईं पानीमा नुन पनि थप्न सक्नुहुन्छ। यसरि दैनिक बिहान खाली पेटमा यो प्रक्रिया दोहोर्याउनुहोस्। यसका साथै नरिवल तेल पनि प्रयोग गर्न सक्नुहुनेछ। तर मुख बाट तेल ननिल्नुहोला।

 

२.क्याल्शियम र भिटामिन डी दाँतलाई बलियो पार्ने उपाय हो।

क्याल्शियम र भिटामिन डीले शरीरको हड्डी र दाँत बलियो राख्न मद्दत गर्दछ। तिनीहरूको कमीले दाँतको स्वास्थ्यलाई असर गर्दछजसको कारण दाँतहरू कमजोर हुन्छन् र सजिलै हल्लीन्छन्। क्याल्शियम र भिटामिन डी ले भरिपुण खाना खाँदा शरीरमा दाँत र हड्डीलाई फाइदा हुन्छ। अनुसन्धानमा यो पनि प्रमाणित भएको छ कि क्याल्शियम र भिटामिन डी सप्लीमेन्ट लिनाले मुखको स्वास्थ्यमा सुधार गर्दछ र दाँतलाई पनि मजबुत पार्छ। तपाईं आफ्नो डाक्टर सँग परामर्श लिएर यसको सप्लीमेन्ट लिन सक्नुहुन्छ।

 

३.तोरीको तेल र नुन दाँतलाई बलियो बनाउनको लागी फाइदाजनक हुन्छ।

नुन र तोरीको तेलले दाँतलाई बलियो बनाउन मद्दत गर्दछ। यो उपाय दैनिक प्रयोग गर्नाले कमजोर दाँत र गिँजाको स्वास्थ्यमा सुधार हुन्छ। नुनमा एन्टिसेप्टिक र जीवाणुरोधी गुणहरू हुन्छन् जसले मुखको ब्याक्टेरियाहरूलाई बढ्नबाट रोक्दछ। यसको लागी सबै भन्दा पहिले दुई चम्मच नुन र तीन चम्मच तोरीको तेललाई मिक्स गर्नुहोस। पेस्ट तयार भएपछि यसलाई औंलामा लिनुहोस् र यसलाई प्रभावित क्षेत्रमा लागू गर्नुहोस् र केहि मिनेटको लागि मसाज गर्नुहोस्। मसाज पछिआफ्नो मुखमा तातो पानी राख्नुहोस् र एक मिनेट को लागी कुल्ला गर्नुहोस। दिनभरि एक वा दुई चोटि यो उपाय दोहोर्याउनुहोस्।

 

४.तुलसी दाँतलाई बलियो बनाउँने उपाय हो।

तुलसीले तपाईको मुख स्वस्थ राख्न मद्दत गर्दछ। यसले मुख ताजा राख्छ र मुखमा संक्रमण रोक्छ। यसले मुखको कीटाणु र ब्याक्टेरियालाई मार्दछ। साथैयसको एस्ट्रोजेन गुणहरूले दाँतलाई बलियो बनाउँदछ र दाँतहरू कमजोर हुँदैनन्। यसको लागी एक मुट्ठी तुलसी पातहरू दिनभरि सुकाउँनुहोस र पातहरूलाई मिक्सरमा पीस्नुहोस्। पाउडर तयार भएपछि दाँत माझ्न प्रयोग गर्नुहोस्। यस बाहेकतपाईले दैनिक चार देखि पाँच पटक तुलसीको पातहरू चबाउन सक्नुहुन्छ। साथैतपाईं तुलसी चियामा समेत प्रयोग गर्न सकिन्छ।

 

५.पुदिनाले दाँत बलियो बनाउँदछ।

पुदीनाको एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुणले दाँत र गीँजालाई स्वस्थ राख्न मद्दत गर्दछ। साथै२०१३ मा गरिएको एउटा अनुसन्धानले पत्ता लगाएको थियो की पुदिना माउथवाशले मुखको गन्धको समस्यालाई कम गर्दछ। यसको लागी पुदीनाका पातहरू लाई एक गिलास पानी पानीमा ५ वा १० मिनेट सम्म तताउनुहोस र यो पानी मुखमा राख्नुहोस् र त्यसपछि केही मिनेट को लागि कुल्ला गर्नुहोस। यो उपाय दैनिक रूपमा एउटै तरीकाले दोहोर्याउनुहोस्। थप रूपमामिन्ट तेलको केही थोपा पानीमा थपेर दाँत पखाल्न सकिन्छ।

 

६.अमलाको प्रयोग दाँतलाई बलियो बनाउनका लागी फाइदाजनक।

अमलाको प्रयोगले दाँतहरू स्वस्थ राख्छ। भिटामिन सी र अन्य पौष्टिक तत्त्वहरूले भरिपुण अमलाले दाँत र हड्डीको मांसपेशीमा जोड्ने टिश्यूहरू लाई सुदृढ बनाउँछमुखको ब्याक्टेरियाहरू बिरूद्ध लड्छ र दाँतको समस्या हुनबाट बचाउँछ। दुई चम्मच आंवला पाउडर लाई आधा कप पानीमा मिक्स गर्नुहोस् र त्यसपछि मुुख कुल्ला गर्नुहोस। यसका अतिरिक्त तपाई दिनहुँ अमला फल पनि खान सक्नुहुनेछ।

 

७.दाँत बलियो बनाउनखाना वा डाइटमा परिवर्तन गर्नुहोस् र बढी पानी पिउनुहोस्।

पानीको सहयोगले खानाको कण र मुखमा रहेको ब्याक्टेरियाहरू सफा हुन्छन्। पानीले एसिडिटी कम गर्दछ। एसिडिटीले दाँतको माथिल्लो सतह हटाउँदछ र दाँतलाई कमजोर पार्न सक्छ। यो बानी बसाल्नुहोस् कि जब तपाइँ खाना खाइसकेपछिमुख पानीले सफा गर्नुहोस्पानीको सहयोगले दाँतमा अडेको खानाको टुक्रा हटाउँदछ। साथैदाँतलाई बलियो बनाउन पौष्टिक आहार खानुहोस्। सन्तुलित आहार खानुहोस् जुन दैनिक फलफूलतरकारीहरू र डेरी उत्पादनहरुको प्रयोगबाट प्राप्त गर्न सकिन्छ। दाँत बलियो बनाउन क्याल्शियमभिटामिन डी र फस्फोरस समृद्ध आहार खानुहोस्।

 

८.हरीयो चिया वा गी्रन टि दाँत सुदृढ पार्ने माध्यम हो।

एउटा अनुसन्धानले पत्ता लगाएको थियो कि हरियो चिया मुखको स्वास्थ्यको लागि उत्तम उपचार हो। यसमा फ्लोराइडपोलीफेनाल्स र क्याटेचिन्स तत्वहरु रहेको हुन्छ जसले दाँतका ब्याक्टेरियालाई मार्दछ। यी ब्याक्टेरियाहरूले दाँतको समस्याहरु दाँत गनाउँने र गीँजा सम्बन्धि रोग निम्त्याउदछ। दिनभरि दुईदेखि तीन पटक हरियो चिया पिउनुहोस्। तपाईं मुखको स्वास्थ्य र दाँतलाई सुदृढ पार्नका लागि चिनी वा महको प्रयोग बिना हरियो चिया पिउन सक्नुहुन्छ।

 

दाँतलाई बलियो बनाउँने अन्य सुझावहरू निम्नानुसार छन्।

  • प्रत्येक दुई देखि तीन महिनामा तपाईंको टूथब्रश परिवर्तन गर्नुहोस्।
  • ब्याक्टेरियाहरू सफा गर्न माउथवाश प्रयोग गर्नुहोस् जसमा अल्कोहलको मात्रा रहेको हुँदैन।
  • आफ्नो जिब्रोको माथिल्लो भागलाई जिभ स्क्र्रापरको साथ दिनको एक पटक सफा गर्नुहोस्। जसले मुखमा रहेको ब्याक्टेरिया र विषाक्त पदार्थहरू सजिलैसँग सफा गर्न सक्दछ र मुखको गन्ध पनि हटाउँदछ।
  • मुखलाई स्वस्थ राख्नको लागि चिनी प्रयोग भएको खाना नखानुहोस्।
  • कुनै पनि बोतल खोल्न दाँतको प्रयोग नगर्नुहोस्।
  • खाना खाइसकेपछि मनतातो पानीले मुख पखाल्नुहोस्।
  • धुम्रपान वा सूर्ति सेवन नगर्नुहोस्।
  • खाना खाइसकेपछि क्रंन्ची फलहरू जस्तै अम्बास्याउगाजर वा काँक्रा खानुहोस।
  • तपाईको दाँतको प्रत्येक छ महिनामा चेकअप गर्नुहोस्।
  • डाक्टरसँग परामर्श लिसकेपछि भिटामिन डी को सप्लीमेन्ट लिनुहोस्।