वजन घटाउनका लागि बिहानको व्यायाम बढी लाभदायक हुन्छ।

वजन घटाउनका लागि बिहानको व्यायाम बढी लाभदायक हुन्छ।

तपाईं तौल बढ्ने समस्याहरूबाट चिन्तित र यसलाई कम गर्ने उपायहरू हरु खोज्दै हुनुहुन्छ भने के तपाईंलाई थाहा छ बिहानको व्यायाम बाट यस समस्याबाट छुटकारा पाउन अझ प्रभावकारी हुन सक्छ । त्यसोभए किन बिहानको व्यायाम तौल घटाउन अझ बढी लाभदायक छ त हामी बताउँदैछौ ।

हामीलाई कुनै आशंका छैन कि तौल घटाउने उत्तम तरिका भनेको व्यायाम होर हामी तपाईलाई यो भन्छौकी बिहान गरेको व्यायाम अधिक प्रभावकारी हुन्छ । हाम्रो दिनचर्या यसैपनि पहिलेदेखि नै एकदम व्यस्त हुन्छ तर जे होस विज्ञहरुको भनाई अनुसारहरू तपाईले आफ्नो दैनिक जीवनशैलीमा व्यायाम पनि सामिल गर्नुपर्दछर यदि तपाईले बिहान व्यायाम गर्न शुरु गर्नुभयो भनेत्यो भन्दा राम्रो बानी अरु केही हुन सक्दैन ।

अमेरिकन काउन्सिल अफ एक्सरसाइजका प्रमुख व्यायाम फिजियोलोजिस्ट सेड्रिक एक्स ब्रायन्ट का अनुसार व्यायाम यति महत्त्वपूर्ण छ कि तपाई यसलाई दिनको कुनै पनि समयमा गर्न सक्नुहुन्छ जस्तो चाहे बिहान होसदिउँसो होस वा साँझ होस तर बिहानमा गर्ने व्यायामले वजन छिटो घटाउन निकै मद्धत गर्दछ ।

 

बिहान व्यायाम गरेर के हुन्छत ?

विभिन्न अध्ययन अनुसन्धान बाट विज्ञहरु को भनाई अनुसार बिहान गर्ने व्यायामले वजन घटाउन, तौल नियन्त्रण गर्न र निद्रामा पनि सुधार ल्याउन मद्धत गर्दछ। ब्रायन्टका अनुसार एक अध्ययनमा यो देखीयो कि जसले १ हप्तामा ४ घण्टा निरन्तर बिहान व्यायाम गर्छन उनिहरु व्यायाम नर्गने मानीससहरुको तुलनामा निकै स्वस्थ एवंम फिट रहन्छन र साथमा उनिहरुको निद्रामा पनि बिशेष सुधार वा प्रयाप्त मात्रामा निदाउँन सक्छन। यस अध्ययनमा औषतमा ५० देखि ७० वर्ष बिचका मोटो वा अधिक तौल भएका महिलाहरूलाई सम्मिलित गराईएको थियो।

 

बिहान व्यायाम गर्दा यसरी घट्छ वजन ।

ब्रायन्ट को भनाई अनुसार बिहानको व्यायाम र तौल घटाउने बिच एक विशेष सम्बन्ध रहेको छ। हामीलाई थाहा छ कि यदि तपाई राम्ररी सुत्नुभयन भनेयसले हाम्रो विभिन्न हर्मोनलाई असर गर्न सक्छ जस्तै भोक नियन्त्रण गर्ने हर्मोन लगायत विभिन्न कुरा लाई प्रभावित गर्न सक्छ। अर्कोतर्फ यदि तपाइँ बिहान व्यायाम गर्नुभयो भने यसले शरिरमा राम्रो सँग रक्त संचार गर्न मद्धत गर्दछ साथै बडि क्लक रामो्र हुन्छ र शरिर स्वस्र्फूत हुन्छ। विहानको व्यायामले तपाईंलाई राम्रो निद्राको लागि मद्धत गर्दछ र राम्रो निद्राले विभिन्न हर्मोनहरुलाई सन्तुलन कायम गदर्छजसले भोक नियन्त्रण गर्नमा पनि मद्धत गदर्छ र वजन बढाउन रोक्छ वा तौल नियन्त्रण मा सहयोग हुन्छ।

तपाईंको बिहानको व्यायामलाई व्यावासायिक अपोइन्टमेन्टको रूपमा लिनुहोस ताकी जसलाई तपाई सजिलै छुटाउन सक्नुहुन्नसाथै व्यायाम मा अनुशासनको निकैनै कडा आवश्यकता हुन्छ।  त्यसकारण व्यायाम गर्ने आफ्नो नियमित बानी बसाल्नुहोस। अर्को तर्फ यदि तपाईंको वजन धेरै छ वा मोटोपन निकै नै बढि छ भनेतपाईंलाई व्यायाम गर्दा हृदयघात को जोखिम हुन सक्छत्यसैले डाक्टर को विषेश सल्लाह सुझाव लिएर मात्र अघि बढ्नुहोस । भने साधारण मानीसहरुले हकमा यदि तपाईं आफ्नो वजन को बारे मा चिन्तित हुनुहुन्छ भने बिहानको व्यायाम तपाइको प्राथमिकता हुनु जरुरी छ। किनकियो तपाईंको स्वास्थ्यको लागि एकदम महत्त्वपूर्ण रहेको छ ।