घाँटीमा चोट लाग्यो भने के गर्ने ?

घाँटीमा चोट लाग्यो भने के गर्ने ?

घाँटीको कुनै पनि भाग जस्तै मांसपेशिहरुहड्डीहरुजोर्नीहरुतन्तु वा नसाहरु प्रभावीत हुदाँ घाँटी मा चोट लाग्न वा दुख्न सक्छ। कहिलेकाँहि काँधटाउको वा माथिल्लो पाखुराको दुखाइले पनि स्नायु मांसपेशि तन्किन सक्छ। सामान्यतया जब व्यक्ति कम्प्यूटरको अगाडी लामो समयसम्म काम गर्दछ यसले गर्दा घाँटीमा दुखाइको महशुस हुन सक्छ।

कहिलेकाँही गलत आसनमा सुत्दा पनि घाँटी दुख्न सक्छ वा व्यायामको क्रममा सावधानी नअपनाउनाले पनि मांसपेशीहरू तन्किने जोखिम बढ्न सक्छ र घाँटी दुख्न सक्छ। यस बाहेकसवारी दुर्घटनाखसेर वा लडेर अन्य कारणहरूले पनि घाँटीमा दुखाई हुन सक्छ।

 

घाँटीमा चोट लागेको छ भनेर कसरी पहिचान गर्ने

  • मांसपेशीमा खिचावटको कारण गर्धन झुकाउन कठिनाई
  • गर्धन मा कठोर दुखाई
  • घाँटीको मांसपेशी कडा हुनु
  • गांठां हुनु
  • टाउको एताउता गर्दा घाँटीमा दुखाई

कहिलेकाँहि घाँटीमा दुखाइ अचानक हुन सक्छतर कहिलेकाँही केहि घण्टा वा दिन पछि घाँटीमा दुखाईको महसुस हुन सक्छ।

 

घाँटी दुख्नुका कारणहरू

घाँटीमा चोट अक्सर मांसपेशि तन्किदा ऐंठन कारण वा घाँटीका जोर्नीहरू फुल्ने समस्याको कारण हुन्छ। निम्न गतिविधिहरू जसले अत्यधिक घाँटीको दुखाइ हुन्छ।

  • टाउकोलाई अगाडि झुकाएर लामो समयसम्म केही काम गर्दाटिभी हेर्दा वा पढ्दा
  • उच्च उचाई र पातलो तकियामा सुत्दा
  • सुत्दा घाँटी मोड्दा
  • सोच्ने क्रममा पाखुराले टाउको समात्दा

 

घाँटीमा चोटपटक लाग्दा गरिने प्राथमिक उपचार

यस समस्याको उपचार निम्न बुँदाहरूमा निर्भर गर्दछः

  • चोट लागेको स्थान प्रकार र चोट को गम्भीरता
  • बिरामीको उमेर
  • बिरामीको स्वास्थ्य स्थिति
  • बिरामी गतिविधिहरू (उदाहरणका लागि कामखेलकुदमा सहभागिता)।

घाँटीको चोटबाट छुटकारा पाउन डाक्टरकोमा जाँच गर्नु पर्दछ उनीहरूले एक्सरेसीटी स्क्यान टोमोग्राफी) र अन्य गम्भीर मामिलाहरूमा अन्य परीक्षणहरू सिफारिस गर्न सक्दछन्।

घाँटी चोटपटकको उपचार यसको (प्रकार) मा निर्भर गर्दछ। यसमा बरफले सेक्नेपेन किलर लिनेफिजियोथेरापी आदी उपचारका उपाय अपनाउँन सकिन्छ। गम्भिर चोट लाग्दा सर्जरिको आवश्यकता पर्न सक्छ।

 

बरफले सेक्ने: घाँटीमा चोटपटक लाग्ने बित्तिकै दुखाइ कम गर्न र सुन्निएको घाँउ कम गर्नआइस कम्प्रेस गर्नुहोस्। तपाईंले यो उपाय तौलिया वा कपडामा बरफ लपेटेर २ वा ३ दिन सम्म ३ ४ घण्टाको फरक मा १५ मिनेट सम्म सेक्न सक्नुहुन्छ।

 

दुखाइ कम गर्ने औषधि वा अन्य उपयुक्त औषधिहरूः यदि डाक्टरले दुखाइ कम गर्नको लागि औषधि लिने सल्लाह दिन्छ भने पेनकिलर वा अन्य औषधिहरू जस्तै ईबुप्रोफेन (एडभिलमोट्रिन) वा नेप्रोक्सेन (एलेभ) लिन सकिन्छ। यी औषधीहरूले दुखाइ कम र सून्नियको घाँउ कम गर्न मद्दत पुर्‍याउँछन्तर कुनै औषधि प्रयोग गर्नु अघि चिकित्सकको सल्लाह लिन नबिर्सनुहोस्।

 

नेक ब्रेस वा कलरः घाँटी सार्न गाह्रो भएमा डाक्टरले घाँटी को ब्रेस वा कलर प्रयोग गर्न सल्लाह दिन सक्छयसले घाँटीलाई सिधा राख्न मद्दत गर्दछ। यद्यपि डाक्टरहरूले बिरामीहरूलाई लामो समयसम्म यसको प्रयोग गर्न सुझाव दिदैनन्किनकि यसले घाँटीका मांसपेशिहरू कमजोर बनाउन सक्छ।