कपालको लागी निमका फाईदाहरु।

कपालको लागी निमका फाईदाहरु।

आर्युवेदीक नीमलाई सबै रोगको रोकथाम को रूपमा लिन सकिन्छअर्थात सबै प्रकारका रोग र विकारहरूको लागि मलम हो। नीममा विभिन्न प्रकारका जैविक गुणहरू छनजसले थुप्रै रोगहरूको उपचार गर्न मद्दत गर्दछ। नीम भिटामिन ईक्यारोटीनोइड र भिटामिन सी ले भरिर्पुण औषधि हो। र नीमको रूखबाट तेल पनि निकाल्न सकिन्छ।

यसले विभिन्न फ्याटी एसिडहरू जस्तै लिनोलिक एसिडओलिक एसिडस्टेअरिक एसिडर पालिसिक एसिड समेत समावेश गर्दछ। यी सबै भिटामिन र फ्याट्टी एसिडहरूले छालाको गुणस्तर सुधार गर्न मद्दत गर्दछ। नीममा सामेल भएका तत्त्वहरूले विभिन्न छालाको अवस्था जस्तै डर्मेटाइटिस र स्क्याल्पल सोरायसिस सामान्य छालाको विकार जसले घाउ दागहरू को उपचार गर्न पनि सहयोग गर्दछ।

नीमको प्रमुख तत्त्वहरूमध्ये एक अजाडेरक्टिन होजस्ले छालामा भएको कीरा मार्न मद्दत गर्दछ। नीमलाई पेस्टपाउडर र तेलको रूपमा प्रयोग गर्न सकिन्छ, यी सबै छालाकपालअनुहारको स्वास्थ्यको लागि प्रयोग गर्न सकिन्छ। केशलाई स्वस्थ र चम्किला बनाई राख्न निमको फाइदा यस प्रकार रहेका छन।

 

१. नीमले कपाल झर्ने समस्या हटाउँन सहयोग र्पुयाउँछ ।

नीमको तेलमा एन्टीइन्फ्लेमेटरीएन्टिबायोटिक र एन्टीआक्सीडन्ट गुणहरू हुन्छनजसले कपाल र्झन रोक्न मद्दत गर्दछ। नीमको तेलमा पुनरुत्पादक क्षमता हुन्छजसले र्दुत रूपमा कपालका कोशिकाहरू विभाजन गर्नकपालको फोलिकल्सको बृद्धि गर्न मद्दत गर्दछ।  जसले कपालको वृद्धि गर्नमा मद्दत गर्दछ।

 

२.नीमले चाँयाँ हटाउँन मद्दत गर्दछ ।

चाँयाँको मुख्य कारण मालेजेजिया भनिने फगंसको कारणले भएको हो। यो फंगस हाम्रो टाउको को सतही भागमा बस्द्छ र सेबमको उत्पादन बढाउँदछअर्थात शरीरमा प्राकृतिक तेल उत्पन्न गर्दछजसले छालालाई ओसिलो बनाउँदछ। नीमको अर्कमा फेला परेको जेडिनिन र निम्बिडोल जस्ता रासायनिक यौगिकहरूमा एन्टीफंगल गुणहरू छनजसले डेन्ड्रफ समस्या कम गर्न मद्दत गर्दछ।

यस बाहेकनीमको तेलले ड्यान्ड्रफको कारण हुने टाउको चिलाउँने विभिन्न समस्या कम गर्न मद्दत गर्दछ। यसको तेलमा पनि स्क्याल्पको प्राकृतिक अम्लता कायम राख्न सक्ने क्षमता हुन्छजसलाई स्कल्पको पीएच सन्तुलन पनि भनिन्छ जसले टाउकोको प्राकृतिक अम्लीय वातावरण र फंगल संक्रमण रोक्न मद्दत गर्दछ।

 

३. नीमले टाउकोको जुम्रा मादर्छ ।

विभिन्न अनुसन्धानले यो देखाएको छ कि नीमको तेलमा टाउकोको जुम्रा मार्न सक्ने क्षमता हुन्छ। जुम्रा को उन्मूलन गर्ने क्रममा नीमको तेलको प्रभाव निर्धारण गर्न एउटा अनुसन्धान गरिएको थियो। जसमा यो पत्ता लागेको थियो कि नीमको तेलले बनेको शैम्पू प्रयोग गर्नाले २० मिनेट भित्रमा सबै जुम्राहरु मार्न सक्छ।

नीममा कीटनाशकहरू हुन्छनजसलाई अजादिर्याचिन भनिन्छजसले जुम्राको विकास र प्रजनन रोक्न मद्दत गर्दछ र तिनीहरूलाई मार्दछ। यसैले नीमलाई टाउको को जुम्रा बिरूद्ध प्रतिरोधात्मक उपायको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

 

४.कपाललाई सिल्की र सफा बनाउँदछ ।

नीममा विभिन्न फ्याट्टी एसिडहरू जस्तै लिनोलिक एसिडओलिक एसिड र स्टेरिक एसिड भएको हुन्छजसले कपाल बाक्लो बनाउँछ र सुक्खा कपाललाई चमक दिन्छ। यदि तपाई चाहानुहुन्छ भने  आफ्नो नियमित प्रयोग गर्ने शैम्पूमा नीमको तेल मिसायर प्रयोग गर्न सक्नुहुन्छ।

 

५. कपाल सेतो वा खैरो हुनबाट बचाउँदछ ।

नीमको तेलमा उच्च मात्रामा एन्टिआक्सीडन्टहरू हुन्छन जसले कपाललाई सेतो वा खैरो हुनबाट रोक्दछ। यद्यपिसेतो कपालको पछाडिका धेरै कारणहरू हुन सक्छनतर यदि हाम्रो कपाल असंतुलनकडा घाम र अत्यधिक तनावका कारण कपाल सेतो भएको छ भनेनीमको तेल लगाउनु एकदमै फाइदाजनक हुन्छ।