ओट्सका फाइदाहरू।

ओट्सका फाइदाहरू।

बिहानको ब्रेकफास्टमा ओट्स खाएर दिनको सुरुवात गर्नु स्वास्थ्यको लागि राम्रो र उत्तम तरिका हो। यो अन्न पहिलो पटक स्कटल्याण्डमा उब्जाइएको थियो र स्कटल्याण्ड मा मुख्य आहार को रुपमा रहेको थियो। ओट्स मानीसहरुले मात्र होइन जनावरहरु को लागी पनि प्रयोग गरीन्छ।

ओट्समा कार्बोहाइड्रेट र प्रोटीनको सहि मिश्रण हुन्छजसले शरिरलाई ऊर्जा दिन्छ। ओट्स फाइबरले भरिपुण हुन्छ एक कप ओट्समा लगभग १० ग्राम प्रोटीन रहेको हुन्छ। ओट्समा क्याल्शियमजिंकम्याग्नीशियमफलामभिटामिन बी र भिटामिन ई रहेको हुन्छ। ओट्स मधुमेह पीडीत को लागी लाभदायक हुन्छ। गर्भवती महिला र बढ्दो बच्चाहरूले ओट्स खानुपर्दछ। हामी तपाईंलाई ओट्स खानुका फाइदाको बारेमा बताउँदैछौं।

१.ओट्स क्यान्सर को लागी फाइदाजनक।

अन्य तरकारीहरू र अन्नहरू जत्तिकैओट्समा फाइटोकेमिकल्सको महत्त्वपूण मात्रा हुन्छ। यी फाइटोकेमिकल्सले क्यान्सरविशेष गरी स्तनको क्यान्सर रोकथाम गर्न मद्दत पुर्‍याउँछ। विभिन्न अध्ययन र अनुसन्धानले प्रमाणित गरेको छ कि ओट्समा रहेको फाइबरले महिलामा इस्ट्रोजेनको सर्कुलेसनलाई नियमित गर्दछ र स्तन क्यान्सरको जोखिम कम गर्दछ।

 

२.मधुमेहको समस्या कम गर्दछ।

जसले आफ्नो रगतमा चिनीको मात्रा कम गर्न कोशिस गर्दैछन उनीहरूले दैनिक ओट्स खान्नु पर्छ। विशेषगरि मधुमेह का बिरामीहरूजसले आफ्नो रगतमा चिनीको स्तर नियन्त्रण गर्न उपायहरू खोज्दैछन् उनिहरुले उत्तम परिणामको लागि प्रत्येक दिन ओट्स उपभोग गर्नु पर्छ।

 

३. ओट्स खानाले बीपी कम हुन्छ।

प्रत्येक दिन ओट्स खानाले उच्च रक्तचापको स्तर नियन्त्रण गर्न सकिन्छ। यसले उच्च रक्तचापको लागी औषधीहरूको आवश्यकता कम गर्न मद्दत गर्दछ। उच्च रक्तचाप स्वास्थ्य सम्बन्धि गम्भीर जोखिम हुन सक्छ। तसर्थतपाईंको उच्च रक्तचाप स्तर कायम गर्नआफ्नो दैनिक खानामा ओट्स उपभोग गर्नुहोस्।

 

४.ओट्सले वजन घटाउन मद्दत पुर्‍याउँछ।

माथि उल्लेख गरिए अनुसार ओट्समा घुलनशील फाइबर रहेको हुन्छ जसले ढिलो पाचन र पोषक तत्वहरूको लामो अवशोषणमा मद्दत गर्दछ। यसले तपाईंलाई लामो समय सम्म भोक मेटाउन मद्दत गर्दछ। तसर्थमानिसहरू जो वजन घटाउँनको लागी डाइट मा छन्तिनीहरूले ओट्स उपभोग शुरू गर्नु पर्छ।

 

५.ओट्सले पाचन स्वस्थ राख्दछ।

ओट्समा घुलनशील फाइबर हुन्छ जसले पाचन स्वस्थ राख्न मद्दत गर्दछ। यी फाइबरहरूले कब्जीयतको उपचारमा मद्दत गर्छन्। थप रूपमाग्यास्ट्रोइफिजियल रिफ्लक्स (जीईआरडी) बाट पीडित व्यक्तिहरूले ओट्स खानुपर्दछ। ओट्समा फ्याट कम हुन्छ।

ओट्समा घुलनशील र अघुलनशील फाइबरको धेरै राम्रो मात्रा हुन्छ। अघुलनशील फाइबर पानीमा विलीन हुँदैन त्यसैले यसले मललाई भारी बनाउँछ र उत्सर्जन प्रक्रिया सजिलो बनाउँदछ। यसरि कब्जबाट राहत पाउन सकिन्छ।

 

६.ओट्स कोलेस्ट्राल कम गर्नका लागि फाइदाजनक हुन्छ।

माथि उल्लेख गरिए अनुसार ओट्समा घुलनशील फाइबरको एक महत्त्वपूणर् मात्रा हुन्छ। पेटको समस्याका साथै उच्च कोलेस्ट्रोलको समस्यामा पनि यो धेरै लाभदायक हुन्छ।

 

७.ओट्सले पिम्पल्सहरू हटाउन मद्दत गर्दछ।

पकाएको ओट्स एक्ने उपचारको लागि धेरै राम्रो प्राकृतिक उपचार मानीन्छ। ओट्स उमालेर तयार पार्नुहोस्। त्यस पछि यसलाई १५ मिनेट पछि यसलाई प्रभावित क्षेत्रमा लागू गर्नुहोस् र १० मिनेट पछि धुनुहोस्। यसले तपाईंको छालाबाट बढि भएको तेल निकाल्छ र ब्याक्टेरियाहरूलाई बाहिर निकाल्छ। यसले छालाबाट मृत कोषहरू हटाउन पनि मद्दत गर्दछ।

 

८.ओट्स छालाको सुधार र निखानरपनाको लागी फाइदाजनक हुन्छ।

ओट्सले हाम्रो शरीरलाई स्वस्थ मात्र राख्दैन तर यो छालाका लागि पनि धेरै लाभदायक हुन्छ। धेरै संवेदनसिल छाला वा चिलाउँने र फुट्ने समस्या भएका व्यक्तिहरूका लागि ओट्स धेरै फाइदाजनक हुन्छ। ओट्स पनि छालाको रंग सुधार गर्नका लागि प्रयोग गरिन्छसाथै यसले छालाको टोन र बनावट सुधार गर्न मद्दत गर्दछ। साथै ड्यान्ड्रफबाट छुटकारा पाउनको लागि शैम्पू गर्नु अघि ओटमील तपाईंको कपालमा लागू गर्नुहोस्। यो गर्नाले छालामा जम्मा भएका तेल र फोहोर हटनेछ र टाउको सफा हुनेछ।

 

९.ओट्सले कपाल झर्ने समस्या कम गर्दछ।

कपाल बिभिन्न कारणहरूले गर्दा र्झन सुरु हुन्छ जस्तै केशमा अत्यधिक रासायनिक प्रयोगहार्मोनल असंतुलन वा अस्वास्थ्यकर जीवनशैली साथै आवश्यक भिटामिन र खनिजहरूको अभावले कपाल र्झने गर्दछ) कपाल झर्ने सबैभन्दा सामान्य कारण हो। ओट्समा जिंकफलामम्याग्नीशियम र पोटेशियमको उल्लेखनीय मात्रा हुन्छ जसले कपालको विकासमा मद्दत गर्दछ।

तपाई ओटमिल हेयर मास्क बनायर पनि लगाउन सक्नुहुन्छ। त्यसको लागी १ चम्चा ओट्स ताजा दूध र बदाम चाहीन्छ। यसरी सबै सामग्रीहरू सँगै पीस्नुहोस् र चिल्लो पेस्ट बनाउनुहोस्। र यो पेस्ट आरामसँग कपालमा लागू गर्नुहोस् र यसलाई २० मिनेटको लागि छोड्नुहोस्। त्यसपछि मनतातो पानीले कपाल धुनुहोस्। यो मास्कले कपालको जरा बलियो बनाउँछ र कपाल र्झने समस्या हट्नेछ।

 

ओट्सका अन्य फाइदाहरू

  • ओट्स खानाले रोग सँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। ओट्सको दैनिक सेवन गरेर हामी धेरै रोगहरुबाट टाढा रहन सक्छौ।
  • ओट्समा फाइबर र म्याग्नीशियम हुन्छजसले दिमागमा सेरोटोनिनको मात्रा बढाउँदछजसले दिमागलाई शान्त राख्छमुडलाई राम्रो राख्दछ र निद्रामा पनि सुधार गर्दछ। यदि तपाइँ चाहनुहुन्छ भने यसमा ब्लूबेरी थपेर पनि खान सक्नुहुन्छ।
  • ओट्समा सेपोनिन हुन्छ (सपोनिनस एक प्राकृतिक क्लीन्जर) जसले छालाबाट फोहोर र तेल हटाउन मद्दत गर्दछ। यसले मृत छालाका कोषहरू पनि हटाउँदछर छाला नरम र चमकदार बनाउँदछ।

नोट पेट र आन्दा् सँग सम्बन्धित पाचन प्रणाली को समस्याबाट पीडित व्यक्तिहरूले ओट्स वा यसबाट बनेका उत्पादनहरू खानु हुँदैन।