पानीमा किशमिश भिजाएर खानुका फाईदा र बेफाइदाहरु।

पानीमा किशमिश भिजाएर खानुका फाईदा र बेफाइदाहरु।

भिटामिन सीक्याल्शियमआइरनम्याग्नेशियमपोटेशियमफास्फोरससोडियमकार्बोहाइड्रेट,फाइबरसुगरयी सबै तत्वहरुले भरिपुणर किशमिशको स्वाद मिठो मात्र होईनयो स्वास्थ्यको लागि पनि उतिनै लाभदायक हुन्छ। सुकेको अंगुर पछि बनाईने किशमिशलाई विभिन्न गुणहरूको भण्डार मानिन्छ। जर्नल अफ न्युट्रिसन हेल्थ मा पोस्ट गरिएको एक अध्ययन अनुसार किशमिशमा अरु सुख्खा फलहरूको तुलनामा एन्टिअक्सिडन्ट र फिनोलको मात्रा बढी हुन्छ।

खीर मा मिसाउन होस या केकमा राख्नवा डेजर्टको शीर्ष भागमा सजावट गर्न किशमिश धेरै प्रकारले प्रयोग गर्न सकिन्छ। किसमिसमा प्राकृतिक चिनीको मात्रा पनि धेरै हुन्छ र यसले तत्काल ऊर्जा दिन पनि काम गर्दछ।

सामान्यतया हामीले कुनै डिब्बा बाट निकालेर वा खुल्ला रुपमा सुख्खा किशमिश खाईरहेका हुन्छौ र प्राय हामी मध्ये धेरैलाई त्यस्तै किशमिशखान मन पर्छ। तर आज हामी तपाईंलाई बताउँछौं कि यदि किशमिशलाई रातभर पानीमा भिजाएर अर्को दिन बिहान खाली पेटमा खाँदा स्वास्थ्यको लागि लाभदायक हुन्छ।

तपाईं हामीले सुनेकोदेखेको पनि होला बदाम भिजायर खाने गरेकोतर हामी तपाईलाई भन्छौ कि सुख्खा किशमिश खानु भन्दा रातभर पानीमा किशमिश भिजाएरखाँनु बढी लाभदायक हुन्छ। यसको कारण यो हो कि पानीमा किशमिश भिजाउँदा पोषण बढ्छ। वास्तवमाकिशमिशको बाहिरी सतहमा रहेको भिटामिन र खनिजहरू पानीमा सजिलैसँग घुल्छन् र त्यसमा भएको पोषक हाम्रो शरीरले सजिलैसँग अवशोषित गर्दछ। त्यसकारण भिजेको किशमिश खानुपर्दछयसका धेरै फाइदाहरू यस प्रकार छन।

 

१.भिजेको किशमिशले रक्तचापमा मद्दत गर्दछ।

किसमिसमा हुने पोटेशियमको मात्रा पानीमा भिजाएपछि बढ्छ। तपाई जति बढि पोटाशियम उपभोग गर्नुहुन्छ त्यति बदि सोडियम मुत्रनलि को माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ। पोटेशियमले रक्त नलीहरूको भित्तामा भएका समस्थाहरु कम गर्न मद्दत गर्दछजसले रक्तचाप कम गर्न मद्दत गर्दछ। उच्च रक्तचाप हुनेहरूले भिजेको किशमिश खानु पर्दछ।

 

२.भिजेको किसमिसले तौल बढाउन मद्दत गर्दछ।

यदि तपाईं धेरै प्रयासहरू गर्दा पनि वजन बढाउँन सक्नु भयको छैन भनेतपाईंले आफ्नो खानामा किशमिश समावेश गर्नु पर्छ। १० वा १२ टुक्रा किशमिश रातभर पानीमा भिजाउनुहोस् र बिहान खाली पेटमा किशमिश खानुहोस। किशमिशलाई पानीमा भिजाउँदा ग्लुकोज कन्टेन्ट बढ्छजसले वजन बढाउन मद्दत गर्दछ।

 

३.हड्डी बलियो बनाउनको लागी फाइदाजनक।

क्याल्सियम युक्त किशमिशजब पानीमा भिजाएर खाइन्छयसले प्राकृतिक क्याल्शियमको स्तर बढाउँदछसाथ साथै हाम्रो शरीरले यस क्याल्सियमलाई अझ राम्रोसँग सजिलै लिन सक्छ। यसकारण भिजेको किशमिश बढ्दो बच्चाहरू र बुढेसकालका मानीसहरुका लागि धेरै लाभदायक साबित हुन सक्छ। किनकि यसले हामो्र हड्डीहरूलाई सुदृढ पार्न मद्दत गर्दछ।

 

४.भिजेको किशमिशले शरीरमा पानीको मात्रा सन्तुलन कायम राख्छ।

भिजेको किशमिशले हाम्रो शरीरमा पानीको सन्तुलन पनि बनाउन मद्दत गर्दछ। पानीमा भिजाएपछि किसमिसको स्वाद पनि सुख्खा भन्दा धेरै राम्रो हुन्छ।

 

५.कब्जियतको लागि भिजेको किसमिसले राहत दिन्छ।

किशमिशमा फाइबर अत्यधिक हुन्छ र जब तपाईं रातभर पानीमा किशमिश भिजाउनुहुन्छ, यसले प्राकृतिक रेचकको मुलायमको रूपमा कार्य गर्दछ। यसैले भिजेको किशमिश खानाले कब्जियत हटाउन मद्दत गर्दछ र तपाईको पाचन प्रक्रिया पनि बलियो बनाउँदछ।

 

भिजेको किशमिश खानुका बेफाइदाहरु।

कुनै पनि कुराको राम्रो पक्ष र नराम्रो पक्ष हुन्छकिशमिशको पनि त्यस्तै रहेको छ। पानीमा भिजाइएको किशमिश का धेरै गुणहरुका साथै धेरै फाइदाहरू छन्। तर यदि तपाईंले धेरै किशमिश खान सुरु गर्नुभयो भनेयसले बिभिन्न बेफाइदा निम्त्याउँन सक्छः

१.किशमिशमा डाईटर्रि फाइबरको राम्रो मात्रा पाइन्छ। डाइटर्रि फाइबर हाम्रो पाचन प्रणालीको लागि राम्रो मानिन्छतर महत्त्वपूण कुरा तपाइँ भिजेको किशमिश सीमित मात्रामा उपभोग गर्नुहोस्। खानामा फाइबरको अत्यधिक सेवन स्वास्थ्यको लागि नराम्रो हुन्छ जसले गर्दा शरिरले पोषणको अवशोषण नर्गन सक्छ। यस बाहेकडिहाइड्रेशनअपच र अन्य पेटको रोगहरू पनि हुन सक्छ।

२.भिजेको किशमिशमा राम्रो मात्रामा एन्टीआक्सीडन्टहरू पाइन्छ। यद्यपि एन्टिआक्सिडेन्टहरू हाम्रो स्वास्थ्यको लागि राम्रो र लाभदायक हुन्छ। यसको बिपरित भिजेको किशमिश सीमित मात्रामा उपभोग गर्नपर्दछकिनभने लामो समय सम्म धेरै एन्टिअक्सिडन्ट सेवनले हाम्रो शरीरको विभिन्न प्रणालीलाई नकारात्मक असर पार्न सक्छ।

३.भिजेको किशमिश धेरै पोषक तत्वहरूको उत्तम स्रोत होतर केहि मानीसहरुलाई किशमिशको एलर्जी छ भनेत्यस्ता व्यक्तिहरूले सुख्खा वा कुनै भिजाईएको किशमिश खाँनु हुँदैन।

४.हामीले किशमिशका फाइदाहरूको बारेमा माथि उल्लेख गरिसक्यौंभिजेको किशमिश रक्तचापलाई नियन्त्रण गर्नका लागि उत्कृष्ट ठानिन्छ तर सिमित मात्रामा सेवन गर्नुपर्दछ किनकि हाम्रो शरीरमा पोटासियमको उच्च स्तरले हाम्रो रक्तचाप घटाउँने काम गर्दछ र तल्लो तहमा पुग्न सक्छ। जसले गर्दा हाइपोटेंसन वा कम रक्तचापको जोखिम बढाउँन सक्छ।