नुन पानीका फाईदाहरु ।

नुन पानीका फाईदाहरु ।

के तपाईंलाई थाहा छ नुन पानी तपाईंको स्वास्थ्य र तपाईंको सुन्दरताको लागि कसरी लाभदायक छ भनेर। इलेक्ट्रोलाइट र एन्टीइन्फ्लेमेट्री युक्त नुन पानी घाँटी दुखाइज्वरो र फुटेको पाइतालाबाट छुटकारा पाउनको लागि धेरै फाइदाजनक छ। त्यसोभए आउनुहोस् नुन पानीका फाईदाहरु जानौं।

नुन पानीका फाईदाहरु।

नुन पानीको लागी तपाईंले सादा नुन प्रयोग गर्नुपर्दैन। यसका लागि कालो नुन वा समुद्री ढेका नुन प्रयोग गर्न सक्नुहुनेछ। किनभनेयस्ता नुन हाम्रो लागि राम्रो हुन्छ। यसले रगतमा सुगरको मात्रा सन्तुलन राख्नहड्डीहरूलाई बलियो राख्नमेटाबोलिजमलाई नियमित गर्न र प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्दछ। प्राकृतिक नुनले विभिन्न रूपहरूमा पोषक तत्वहरू र खनिजहरू प्रदान गर्दछ। यस्ता नुनमा सल्फरक्याल्शियमसोडियमम्याग्नेशियमसिलिकनबोरनपोटेशियमब्रोमिन र स्ट्रोंटियम जस्ता खनिजहरू समृद्ध हुन्छन्। नुन पानीका फाईदाहरु निम्नअनुसार छन्।

 

घाँटी दुख्दा।

यदि तपाइँ चिसो खानाहरुो कारण घाँटी दुखाइबाट पीडित हुनुहुन्छ र डाक्टरमा जानुहुन्छ भनेउनीहरूले तपाईंलाई औषधी लिनुका ुसाथै नुनको पानीले घाँठी कुल्ला गर्न पनि सल्लाह दिन्छन्। नुनको पानीले घाँटीमा फुलिएका टिशूहरूको पानी निकाल्छ र घाँटी सम्बन्धी समस्याहरूलाई कम गर्न मद्दत गर्दछ।

यसले संक्रमण पैदा गर्ने ब्याक्टेरिया र एलर्जीसँग लड्न मद्दत गर्दछ र तिनीहरूलाई बढ्नबाट रोक्दछ। बिहान मन तातो २५० मिलीलीटर पानी मा एक चम्मच नुन राखेर हरेक कुल्ला गर्दा घाँटीको दुखाईबाट छुटकारा पाउन सकिन्छ।

 

 ज्वरो को समयमा।

ज्वरो कम गर्न नुनको पानी पनि धेरै फाइदाजनक छ। चिसो नुन पानीमा कपडा भिजाएर टाउकोमा राख्दा यसले शरीरको तातोपन कपडामा स्थानान्तरण गर्दछ र नुनमा विद्युतीय इलेक्ट्रोलाइट्सले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम गर्दछ।

यस तरिकाले यसले तपाईंको शरीरको तापक्रम कम गर्न मद्दत गर्दछ। ज्वरोको सामना गर्नएक कप चिसो पानीमा आधा चम्मच नुन राख्नुहोस् र यसमा कपडा भिजाउनुहोस् र निधारमा २ देखि ४ मिनेटसम्म राख्नुहोस्।

 

संवेदनशील दाँतहरूको लागि।

यदि तपाईं आइसक्रीमतातो चिया वा कफी पिउन डराउनुहुन्छ र दाँतको संवेदनशीलताबाट चिन्तित हुनुहुन्छ भने तपाईं दाँतको संवेदनशीलतासँग डिल गर्न यो घरेलु उपचार प्रयोग गर्न सक्नुहुन्छ। नुनको पानीले जीवाणुहरूलाई बढ्नबाट रोक्छ किनकि यसले जीवाणुरोधी एजेन्टको रूपमा काम गर्दछ।

यसले जीवाणुहरूको आक्रमणबाट दाँतलाई बचाउन मद्दत गर्दछ र यसले संवेदनशील दाँतलाई राहत दिन्छ। दाँतको संवेदनशीलताबाट बच्नको लागिएक गिलास तातो पानीमा २ चम्मच नुन मिक्स गरेर नियमित रूपमा कुल्नुहोस्।

 

टन्सिलाईटिसको लागी।

यदि तपाईंको बच्चाको घाँटी दुखेमा टन्सिलिटिस वा एडेनोइड्स ठूलो  हुन सक्छतपाईं यस समस्या कम गर्नको लागि नुनको पानी प्रयोग गर्न सक्नुहुन्छ। अत्यधिक नुनले टिशूहरूमा भरिएको तरल पदार्थलाई उत्सर्जन गर्दछ यसले घाँटी फुलेको कम गर्नका साथै पीडा कम गर्नमा मद्दत गर्दछ।

नुनको पानीले डिहाईड्रेसनको कारण बढ्ने ब्याक्टेरियाहरूलाई रोक्न पनि मद्दत गर्दछ। यो समस्याबाट बच्नको लागिएक कप चिसो पानीमा सानो चम्चा नुन राख्नुहोस् र कुल्ला गर्न लगाउँनुहोस। बच्चाहरुले नून पानी पिएमा बान्ता पनि हुन सक्छ त्यसैले सजग रहनुहोस।

 

फुटेको कुर्कुच्चाको लागी।

यदि खुट्टा फुटेको कारण रातमा सुत्न सक्नुहुन्न भने तपाईं यो सजिलो र सरल घरेलु उपचार प्रयास गर्न सक्नुहुन्छ। नुनको पानीले खुट्टा नरम बनाउँनुका साथै फाँटिएको हड्डीको उपचार गर्दछ र मृत छाला हटाउँदछ र छालामा संक्रमणको खतरा पनि कम गर्दछ। यो समस्याबाट बच्न मन तातो पानीमा नुन थप्नुहोस् र १० मिनेटको लागि खुट्टा भिजाउनुहोस्। साथै नुन पानीले दुर्गन्धयुक्त खुट्टाको समस्या पनि कम गर्दछ।

 

पाचन प्रणाली लाई स्वस्थ राख्नको लागी।

नुनको पानीले मुखमा लार ग्रन्थीहरू सक्रिय गर्दछ। पेट भित्रप्राकृतिक नुनले हाइड्रोक्लोरिक एसिड र प्रोटीन पाचन एंजाइमहरूलाई उत्तेजित गर्दछती दुबैले खाना टुका्रउँन मद्दत गर्छन्। यस बाहेकनुन पानीले कलेजोको एन्जाइमलाई उत्तेजित गर्न पनि मद्दत गर्दछजसले खाना पचाउन सजिलो बनाउँदछ।

 नुन पानीले प्रोटिनलाई अधिक पचाउनमा मद्दत गर्दछ। कम हाइड्रोक्लोरिक एसिड भएका व्यक्तिहरू खाना वा प्रोटिन पचाउन असमर्थ हुन सक्छन्जसले ग्यासब्लोटिंग र खाना सम्बन्धि एलर्जी निम्त्याउन सक्छ।

 

राम्रो निद्राको लागी मद्दत गर्दछ।

नुन पानीले तनाव कम गर्न मद्दत गर्दछ। अधिकांश मानिसहरूमा तनावको मुख्य कारण पर्याप्त निद्रा नपाउन सक्छन। वास्तवमा नून पानीले तपाईंलाई यस समस्याको सहयोग गर्न सक्छ। अनुसन्धानले देखाएको छ कि प्राकृतिक नुनले तनाव स्तरमा धेरै राम्रो प्रभाव पार्छ।

न्यूरोसिस जर्नलमा प्रकाशित लेखका अनुसार यसले तपाईंको रक्तप्रवाहमा सोडियमको स्तर बढाउन र तनाव कम गर्न सक्छ। नुनले चिन्ता कम गर्न मद्दत गर्दछ र तपाईंको दिमागलाई सबै चिन्तित अवस्था सिर्जना गर्नबाट रोक्छ। यो मात्र होईनमन तातो नुन पानीले तपाईंको अक्सीटोसिनको स्तर बढाउन सक्छ। योे एस्तो हर्मोन हो जसले तपाइलाईं शान्त र आराम महसुस गर्न सहयोग गर्दछ।

 

शरीरबाट विषाक्त पदार्थहरू हटाउनको लागी।

नुन पानी खनिजहरूले भरिएको हुनाले यसले शरीरको प्राकृतिक डिटोक्सिफिकेशन प्रक्रियामा मद्दत गर्दछ। नुन पानी प्राकृतिक रूपमा जीवाणुरोधी पनि हुन्छ र खतरनाक ब्याक्टेरियाहरूलाई शरीरबाट हटाउन सक्छ।

धेरै व्यक्तिहरू कमजोर पाचनबाट ग्रस्त हुन्छन्किनकि बाहिरी खाना र फोहोर खाना खाँदा ती सबै आल्दा्रको मार्गमा पुग्दछ। हानिकारक ब्याक्टेरिया र अन्य विशाक्त पदार्थहरूको विकास गर्न सक्दछ। तातो नुन पानीले तपाईंको पाचन प्रणाली सफा गरेर मल त्याग्ने प्रकिया चाँडो बनाई ती फोहोर र विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्दछ। यसले पाचन सुधार गरेर शरीरको कोशिकाहरु पोषण गर्दछ।

 

हड्डीको स्वास्थ्यको लागि।

अस्टियोपोरोसिस र हड्डीका अन्य विकारहरूको बारेमा लोकप्रिय सिद्धान्त भनेको शरीरले रगतमा अम्लता जीवित राख्न हड्डीबाट क्याल्सियम र अन्य खनिजहरूको प्रयोग गर्दछ। नुनको पानी हड्डीहरूको स्वास्थ्य सुधार गर्न मद्दतको रूपमा परिचित छ किनकि यो स्वस्थ खनिजमा प्राकृतिक रूपमा समृद्ध छ र यसको क्षारीय प्रभाव छ।

 

छालाका लागि।

प्राकृतिक नुनमा खनिज हुन्छ जसले तपाईंको छाला सुधारमा मद्दत गर्दछ। नुनमा रहेको क्रोमियमले एक्ने सँग लड्ने गर्दछ र छाला संक्रमण कम गर्दछ। सल्फरले छाला सफा र चिल्लो राख्न मद्दत गर्दछ। यसले ड्राई स्केलपएक्जिमाको समस्या सुधार गर्न पनि मद्दत पुर्‍याउँछजुन सल्फरको कमीको कारण हुन्छ।

जिंकले द्रुत रूपमा घाउहरू निको पार्छप्रतिरक्षा प्रणालीलाई सुदृढ पार्छ र तेल ग्रंथिहरूको गतिविधिलाई नियमित गर्दछ। आयोडिनले अक्सिजन खपत र छालाको मेटाबोलिक दर बढाउन मद्दत गर्दछ।