छिटो तौल घटाउन ६ प्रकारका आहार खानुहोस ।

छिटो तौल घटाउन ६ प्रकारका आहार खानुहोस ।

मानिसहरूले आफ्नो तौल घटाउन खाना खान छोडछन्, जसले वास्तवमा शरिरको लागी फाइदा गर्दैन। खाना खान छोड्नाले तपाईं आवश्यक पौष्टिक तत्त्वहरूबाट वञ्चित हुनुहुन्छ।

यदि तपाईं जंक फूड,कोक पेप्सी जस्ता पेयहरू र प्रोसेस्ड फुड बाट टाढा रहनुहुन्छ भने, यो प्रक्रिया स्वस्थ जीवनशैलीको लागि राम्रो हो, तर तपाईंलाई खानाबाट वञ्चित हुन आवश्यक छैन। केवल सही खाना खानुहोस् र तपाईंको अधिक वजन कम गर्नुहोस्।

त्यसोभए हामी तपाईंलाई त्यस्ता छ प्रकारका खाद्य पदार्थहरूको बारेमा बताउँछौं जसले तपाईंको वजनलाई सजिलै कम गर्दछ र शरीर पनि स्वस्थ रहन्छ।

 

१.फाइबर समृद्ध आहार

तपाईं २० ग्राम फाइबर तरकारीहरू, फलफूल र अन्नहरूको साथमा खान सक्नुहुन्छ। जसले तपाईंको पूरा दिन पेट भरिएको महशुस हुनेछ। पेट भरिएको कारण, तपाईंलाई बाहिरको जंक फूड खान मन लाग्दैन र बाहिरको खानाबाट टाढा रहनुहुनेछ। फाइबर युक्त खानाहरु जस्तै अलसी,बदाम,पिस्ता,अनार,एभोकाडो,गँहु,जौँ,आँटा,गाजर,चुकन्दर इतयादी।

 

२.क्याल्शियम र भिटामिन डी समृद्ध आहार

अमेरिकाको “जोन्स हप्किन्स“ युनिभर्सिटीमा गरिएको अध्ययन अनुसार क्याल्शियम र भिटामिन डी युक्त खाना खाँदा पेटको बोसो र तौल घटद्छ। यस बाहेक, भिटामिन डी युक्त आहारले तपाईंलाई मेमोरी लस, हृदय रोग र अन्य दीर्घकालीन समस्याबाट बचाउँछ। क्याल्शियम र भिटामिन डी ले भरिपुण पत्तेदार तरकारी,दुध,सोयाबीन,काउली,टमाटर,बदाम,पनिर इतयादी खानाको उपभोग गर्नुपर्दछ।

 

३.स्वस्थ फ्याटले समृद्ध आहार

स्वस्थ फ्याटले भरिपुण खाना जस्तै एभोकाडो, ओमेगा ३ फ्याट्टी एसिड, नट, माछा आदी खानाले भोकलाई नियन्त्रण गर्न मद्दत गर्दछ। कम फ्याट भएको स्वस्थ आहार, ओखर,मेवा आदीले पनि वजन कम गर्न मद्दत गर्दछ। यस्ता खानाहरुले तपाईंको भोक मेटाउँछ र मेटाबोलिज्म पनि बढाउँदछ। यो खाना धेरै पौष्टिक तत्वहरूले भरिपूणर् हुन्छ र यसले तपाईंको मुटुलाई स्वस्थ पनि राख्दछ।

 

४.प्रोटीनयुक्त आहार

सधै प्रोटीन युक्त आहार लिनुहोस्, जस्तै  माछा, कुखुराको बे्रस्ट, अण्डा, उमालेको आलु आदि। यी आहारहरूले विशेष गरी पेटको बोसो कम गर्न र वजन कम गर्न मद्दत गर्दछ। प्रोटीनले धेरै प्रकारका हार्मोनको स्तरहरू नियमित गर्दछ। यस बाहेक, उच्च प्रोटीनयुक्त आहारले तपाईंलाई अधिक सन्तुष्ट राख्दछ। यस तरीकाले, भोक बढाउँने हार्मोनहरू पनि सन्तुलित हुन्छन्।

 

५.पानी

पानीले शरीरबाट विषाक्त र अशुद्धीहरू फ्लश गर्न मद्दत गर्दछ। साथै, पानीले मेटाबोलिज्म बढाउँदछ र भोक कम गर्दछ। त्यसकारण आजदेखि अधिक पानी पिउन सुरू गर्नुहोस्, किनकि तपाईंले पिउने पानीको मात्रा पसिनाको रूपमा बाहिर आउनेछ र वजन पनि सजिलै कम हुनेछ यसको लागी नियमित व्यायाम गर्नुपनि जरुरि हुन्छ।

 

६.हर्वल चिया वा ग्रिन टी

ग्रिन टी ले प्रतिरक्षा क्षमता वृद्धि गर्दछ र शरीरलाई डिटाक्सिफाइ गर्दछ। हरियो चियामा एन्टीआक्सीडन्टहरू पनि हुन्छन् जसले बोसोलाई बर्न गर्न सहयोग गर्दछ। ग्रिन टी मा भएको केटकिन्सले शरीरमा अनावश्यक बोसो जम्मा हुनबाट रोक्छ र शरीरको तापक्रम बढाउँदछ। यस तरीकाले ग्रिन टी ले तौल घटाउन मद्दत गर्दछ।

पुनश्च:माथीका खानेकुराहरु खाएर मात्र तौल घटाउँन सकिदैन यसको लागी उचित तरिकाले आवश्यक रुपमा व्यायाम गर्नुपर्दछ।