फ्याट कम गर्नका लागि पाँच स्मूदी रेसिपिहरू ।

फ्याट कम गर्नका लागि पाँच स्मूदी रेसिपिहरू ।

तौल घटाउने उत्तम तरिका भनेको तपाईंको डाइटमा सही पोषक तत्वहरू उपभोग गर्नु हो । यसका लागिआज हामी तपाईंलाई घरमै स्मूदी कसरी बनाउने भनेर बताउँदैछौं । यी ताजा फलफूल र तरकारीहरूको मिश्रणहरूमा कम क्यालोरी पोषक तत्वहरू रहेका हुन्छन र यसको उपभोग गर्दा यसले तपाइँलाई लामो समयसम्म भोक लाग्दैन र तपाईंको वजन कम गर्नमा मद्दत गर्दछ। यस रेसिपिहरुमा प्रोटीनकार्बोहाइड्रेटभिटामिन र पोषक तत्वहरूको सन्तुलित मात्रा रहेको हुन्छ ।

 

वजन घटाउनको लागि काँक्राको स्मूदी रेसिपि

काँक्राको रेसिपिको लागी आवश्यक सामाग्रीहरु,

१. एक कप नरम पालक

२. आधा स्लाईस काँक्रा

३. आधा कप दही

४. थोरै पुदीनाका पातहरू

५. सानो ढेका नुन

६. थोरै मात्रामा जीरा पाउडर

७. गूजबेरीको टुक्रा वा आधा चम्मच कागतीको रस

८. एउटा आइसको सानो टुक्रा

बनाउने विधि

माथीको सबै सामाग्रीहरुलाई मिक्सरमा राखेर राम्रो सँग पेलेर जुस बनाउने र सफा गिलासमा स्मूदी राख्नुहोस र पिउन सकिन्छ । यसलाई बिहानको समयमा पिउन उत्तम हुन्छ यसले तपाइँको शरीरलाई डिटॉक्स गर्न मद्दत गर्दछ। विशेष गरी काँक्रामा कम क्यालोरी हुन्छ र यसले वजन घटाउन पनि मद्दत गर्दछ ।  यस रेसिपिमा क्यालोरीको मात्रा ९५ रहेको हुन्छ ।

 

वजन घटाउन को लागी केरा मिक्स गरिएको स्मूदी रेसिपी ।

यो रेसिपि बनाउको लागी आवश्यक सामाग्रीहरु

१. एक कप कम फ्याट भएको दुध

२. एउटा केरा

३. खजुरको टुक्रा

४.आल्मन्डको दाना

५. एक चम्मच चिया सिड्स

६. थोरै तरबूजा

 बनाउने विधि

माथीको सबै सामाग्रीहरु मिक्सरमा पेलेर  सफा गिलासमा स्मूदी निकान्नुहोस र पिउनुहोस । यसलाई कुनै वर्कआउट पछि पिउदा राम्रो हुन्छ किनभने यसमा प्रोटिनको राम्रो मात्रा हुन्छ । साथै यस स्मूदीमा ओमेगा बअष्म एसिडराम्रो फ्याट र फाइबरको उच्च मात्रा हुन्छयसको सेवनको कारणतपाईंको पेट लामो समयसम्म भरिएको महशुस हुन्छ वा भोक लाग्दैन र यसले वजन कम गर्दछ । अझ वैकल्पिक रूपमा तपाईं प्रोटीन पाउडरको एक चम्मच राख्न सक्नुहुन्छ जसले अतिरिक्त ऊर्जा बढाउनको लागि काम गर्दछ । यस रेसिपिमा क्यालोरिको मात्रा २९५ हुन्छ । 

 

वजन कम गर्न गाजर स्मूदी रेसिपि

यसको लागी चाहीने सामाग्रीहरु

१. एउटा गाजर

२.एउटा सुन्तला वा मौसम अनुसारको फलफुल

३. आधा स्लाईस पपया

४. आधा चम्चा बेसार पाउडर

५. सानो अदुवाको दाना

६. सानो आइस क्यूब

बनाउने विधि

सबै सामाग्रीहरू मिक्सचरमा पेलेर सफा गिलासमा राखी उपभोग गर्नुहोस । तपाई दिनभरि कुनै पनि समय यो स्मूदी पिउन सक्नुहुन्छ । गाजरमा धेरै फाइबर हुन्छ र क्यालोरी पनि कम हुन्छ। यस स्मूदीमा क्यालोरीको मात्रा १७५ हुन्छ ।

 

वजन कम गर्नका लागि एप्पल स्मूदी रेसिपि

आवश्यक सामाग्रीहरू

१.एउटा स्याउ

२.आधा फ्रिजमा राखेको केरा

३. एउटा ठुलो चम्चा ओट्स

४. तीन टुक्रा ओखर

५. एक कप बदाम मिक्स वाला कम फ्याट भएको दुध

६. सानो चम्चाको आधा, चिया मसाला

७. एक चिम्टी अलैची पाउडर

८. सानो बरफको टुक्रा

बनाउने विधि

बरफ सहित सबै सामाग्रीहरू मिक्सचरमा राखेर घोलेर सफा गिलासमा स्मूदी निकाल्नुहोस र उपभोग गर्नुहोस । यो स्मूदी पिउनको लागि उत्तम समय भनेको बिहान हो जसले शरिरलाई  ताजा र शक्तिवान बनाउँदछ । केरा र ओट्सले तपाईलाई शत्ति मात्र हैन यसले तपाईको पाचन प्रणालीलाई पनि सुधार गर्दछ। यस स्मूदीमा क्यालोरीको मात्रा २६५ हुन्छ ।

 

वजन घटाउनको लागि किवी स्मूदी व्यंजन

आवश्यक सामाग्रीहरु

१. एउटा स्लाईस काटिएको काँक्रा

२. एउटा काटिएको किवी

३. एक काटिएको हरियो स्याउ

४.एक सानो कप नरिवल पानी

५. एक चम्चा कागतीको रस

६. केहि पेपरमिन्ट पातहरू

७. चिया सिड्स एक चम्चा

८. एउटा ढिक्का आइस क्यूब

बनाउने विधि

मिक्सरमा चिया सिड्स बाहेक सबै सामाग्री राखेर स्मूदी बनाउनुहोस अब सफा गिलासमा स्मूदी निकाल्नुहोस अब यस जुसमा चिया सिड्स राख्नुहोस र उपभोग गर्नुहोस ।  यो स्मूदी पिउनको लागि उत्तम समय भनेको साँझको बेला शरिरलाई स्फूर्ति  दिनको लागी हो । र यसले शरीरमा भयको विषाक्त पर्दाथ  हटाउन मद्दत गर्दछ जुन वजन घटाउनको लागि आवश्यक छ ।

यस स्मूदीमा क्यालोरीको मात्रा १७५ हुन्छ । माथीका यी स्मूदीहरूमा प्रयोग हुने सबै सामग्रीहरूमा प्रोटीनफाइबर को मात्रा सन्तुलन रहेको हुन्छ जसले तपाईंको पाचन प्रणालीलाई सन्तुलन एवंम राम्रो बनाउँदछ र तौल घटाउन मद्दत गर्दछ।