वीर्य अभावको लक्षणहरु र यसका उपचारहरु जान्नुहोस् ।

वीर्य अभावको लक्षणहरु र यसका उपचारहरु  जान्नुहोस् ।

वीर्यको अभाव भनेको सेक्सको समयमा पुरुषहरूको लिंगबाट कम वीर्य निस्कनु हो। शुक्राणु गणनामा कमी वा शुक्राणुको मात्रामा हुने कमिलाई ओलिगोस्पर्मिया पनि भनिन्छ। शुक्राणुको अभावको कारणतपाईंले आफ्नो यौन साथीलाई  गर्भधारण गराउँने सम्भावना निकै नै कम हुन्छ। साथै धेरै पुरुषहरू जसको कम स्पर्म हुन्छ उनिहरु बच्चाहरू उत्पादन गर्न असक्षम हुन्छन्।

सामान्य भाषामा भन्नुपर्दापुरुषहरूमा उत्तेजना र स्खलनको समयमा मूत्रमार्गबाट बाहिर निस्कने तरल पदार्थलाई वीर्य भनिन्छ। सामान्य शुक्राणु गणना भनेको के हो? एक पुरुषको वीर्यमा शुक्राणुहरूको संख्या सामान्यतया १५ मिलियन देखि लिएर २०० मिलियन भन्दा बढी स्पर्म प्रति मिलीलिटर (एमएल) सम्म हुन्छ। यदि पुरुषको वीर्यको एक मिलिलिटरमा १५ मिलियन भन्दा कम स्पर्म रहेको छ भनेतिनीहरूमा स्पर्म सम्बन्धि समस्याहरू कम मात्रामा हुन्छ।

 

शुक्राणु अभावका कारण

शुक्राणु जम्मा वा संकलन हुने जटिल प्रक्रिया होयसका लागि हाइपोथैलेमस र पिट्युटरी ग्रन्थिले पनि टेस्टेसटोरनको साथ काम गर्नुपर्दछ।

१.धातुहरूको नियमित प्रयोग( सीसा वा अन्य भारी धातुहरूको लामो उपभोगको कारण उर्वरता प्रभावित हुन्छ।

२.टेस्टिस ओभरहीटिंग ( यसले तपाईको शुक्राणु संख्यालाई पनि असर गर्छ।

३.मोटोपन ( मोटोपनले शरीरमा हार्मोनल परिवर्तनहरू निम्त्याउन सक्छफलस्वरूप पुरुषहरूको उर्वरता कमजोर हुन्छ।

४.अत्यधिक लागूपदार्थ सेवन ( यो समस्या प्रायः ती व्यक्तिहरूमा देखा पर्दछ जसले अत्यधिक मात्रामा मद्यपानधुम्रपान सेवन गर्छन्।

५.यौन संक्रमण ( केहि रोगको संक्रमणले स्वस्थ व्यक्तिको शुक्राणु उत्पादनलाई असर गर्दछ जस्तै यौन रोगहरू।

६.तनाव ( लामो समयसम्म तनावका कारणशुक्राणु उत्पादन गर्ने केही आवश्यक हर्मोनहरू असंतुलित हुन्छन्।

अन्य कारण जस्तै शुक्राणु उत्पादन गर्न समस्याक्रोमोजोमवा आनुवंशिक कारणहरूस्खलनको समयमा हुने समस्याहरूविभिन्न रोगको संक्रमणटेस्टिकुलर डिसअर्डर एपिडेडिमिसको अवरोध इतयादी कारणले गर्दा शुक्राणु को मात्रा मा असर पर्दछ।

 

शुक्राणु अभाव रोकथाम

  • धुम्रपान गर्नु हुँदैन
  • सीमित मात्रामा रक्सी पिउने वा पूणर् रूपमा यसलाई बन्द गर्ने
  • ड्रग्स त्याग्नुहोस्
  • तौल घटाउनुहोस्

 

वीर्य अभावको लक्षण

वीर्यको अभाव हुदाँ देखिने लक्षणहरु

१.यौन गतिविधिमा समस्या वा यौन सम्पर्क मा रुचि नहुने।

२.अनुहार वा शरीरको कपाल वा क्रोमोसोमल वा हार्मोनमा असमानता आउने।

३.यदि तपाईं नियमित रूपमा  कन्डमको प्रयोग बिना १ वर्ष सम्म सहवास गर्दा पनी आफ्नो यौन साथीलाई गर्भधारण गराउन असक्षम हुनुहुन्छ भने।

४.यौन गतिविधिसँग सम्बन्धित समस्याहरू जस्तै लिंग नउठ्नुस्खलन समस्याहरूयौन चासो घट्ने वा अन्य यौन गतिविधि समस्याहरू।

५.अण्डकोष वरिपरि दुख्नेसुन्निने चिलाउने।

६.प्रोस्टेट सम्बन्धि समस्या।

 

शुक्राणु परीक्षण

जब एक पुरुषले बुबा बन्न कोशिश गर्दछर एक वर्षसम्म पनि प्राकृतिक असुरक्षित सम्भोग पछि गर्भावस्था हुँदैन भने पुरुष र महिला दुबैले प्रजनन स्थितिको लागि शुक्राणुको जाँच गर्नु आवश्यक हुन्छ।

 

वीर्यको कमी समाधान गर्ने उपायहरु

१.पर्याप्त व्यायाम र निन्दा्र लिनुहोस।

धेरै अध्ययनहरूले यो देखाएको छ कि अधिक तौलका मानिसहरूले व्यायाम गरेर आफ्नो तौल घटाँउछन। व्यायामले शुक्राणुहरूको संख्या बढाउँदछ र शुक्राणुको गुणस्तरमा सुधार गर्दछ। यसैले पर्याप्त निद्रा लिनुहोस् र स्पर्मको मात्रा सुधार गर्न नियमित व्यायाम गर्नुहोस्।

 

२.धूम्रपान छोड्नुहोस्।

तपाईलाइ थाहा नहुन सक्छसुर्ती र धूम्रपानले शुक्राणुको गुणस्तर घटाउँछ। सन् २०१६ मा भारतमा गरिएको एक अध्ययनले धूम्रपान र शुक्राणुको नजिकको सम्बन्ध भएको पनि देखायो। त्यसैले शुक्राणुको गुणस्तर सुधार गर्नआजै चुरोट छोड्नुहोस्। धूम्रपान बाहेकतपाईं रक्सी र लागूऔषधबाट पनि टाढा रहनु पर्छ।

 

३.लागूपदार्थको प्रयोग।

विभिन्न प्रकारको ड्रग्सको प्रयोगले पनि हामा्रे शुक्राणु उत्पादन लाई कम गर्न सक्छ। जब हामीले लागुऔषध सेवन गर्न रोक्छौ शुक्राणु गणना फेरि बढ्छ। यी औषधीहरूले एन्टिबायोटिकएन्टि(एन्ड्रोजेनएन्टी(इन्फ्लेमेन्टरीएन्टिडिप्रेसनन्टहरूइत्यादि समावेश गर्दछ।

 

४.मेथी

मेथी शुक्राणु गणना बढाउन र सुधार गर्न धेरै फाइदाजनक हुन्छ। यसको लागि तपाईंले मेथीलाई आफ्नो खानामा समावेश गर्नुपर्दछ। साथैमेथी बाट उत्पादीत कुनै पनि चिजलाई  तपाईंको खानामा नियमित प्रयोग गर्नुहोस।

 

५.पर्याप्त भिटामिन डी लिनुहोस।

२०१६ मा भारतमा गरिएको एक अध्ययनले यो देखायो कि भिटामिन डी र क्याल्सियमको पर्याप्त स्तरले शुक्राणु स्वास्थ्य सुधार गर्दछ। अनुसन्धानका अनुसार क्याल्सियमको अभावले शुक्राणु गणनालाई प्रतिकूल असर गर्न सक्छ। यसैले क्याल्शियम र भिटामिन डी समावेश गरेको चीजहरू तपाईंको खानामा नियमित उपभोग गर्नुहोस।

 

 ६.अश्वगन्धको प्रयोग।

अश्वगन्धले धेरै प्रकारका यौन रोगहरूको उन्मूलन गर्न महत्वपूणर् भूमिका खेल्छ। तपाईं शुक्राणु गणना बढाउन चाहनुहुन्छ भने अश्वगन्ध नियमित प्रयोग गर्न सक्नुहुन्छ।