काँडाँ निकाल्ने घरेलु उपाय र उपचारहरु ।

काँडाँ निकाल्ने घरेलु उपाय र उपचारहरु ।

कहिलेकाँहीकाम गर्ने क्रममाहाम्रो हात वा खुट्टामा छेस्को वा काँडाँ बिझ्न सक्छ। काँडाँ बिझ्दा दुखाइ महसुश हुन्छ र कहिलेकाँहि त्यो ठाउँमा संक्रमण हुने खतरा पनि हुन्छ। काँडाँ बिझेपछि निरन्तर पिडा हुन्छ त्यसैले यसलाई जतिसक्दो चाँडो हटाउनु महत्त्वपूणर् हुन्छ।

तपाईंले खाली खुट्टा हिड्दा हुने फाइदाहरूको बारेमा पनि सुन्नुभयो होला तर त्यसो गर्दा तपाईंले समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। कहिलेकाँही काँडाँको चुच्चो खाली खुट्टा हिड्दा वा बगैंचामा काम गर्दा गड्न सक्छ। अवस्थामा तपाईले के गर्नु पर्ने भन्ने बारे थाहा नहोला। आजयस लेखको माध्यमबाटहामी तपाईंलाई काँडाँ वा छेस्को बिझ्दा के गर्नुपर्छ र घरेलु उपचार विधिहरूको बारेमा बताउन जाँदैछौ।

 

काँडाँ गढ्यो भने के गर्ने

  • साबुन र पानीले सफा गर्नुहोस्।

शरीरको कुनै पनि भागमा गढेको काँडाँ हटाउनसबै भन्दा पहिले सफा गर्नु धेरै महत्त्वपूणर् हुन्छ। काँडाँ हटाउनु अघिएन्टिसेप्टिक साबुन र मनतातो पानीले सफा गर्नुहोस्। अब यसलाई सफा कपडाले पुछ्नुहोस्।

 

  • यी कुराहरू दिमागमा राख्नुहोस्

यदि काँडाँ एकदम सानो छ र यसले दुखाइ महसुस भएको छैन भनेएतिकै छोड्न सक्नुहुन्छ। केहि समय मा यो आफैं बाहिर आउन सक्छतर यदि तपाइँ यसको कारणले पीडामा हुनुहुन्छ भनेत्यसलाई आरामसँग टेप लगाउँनुहोस् र त्यसपछि बाहिर तान्नुहोस्। यदि यसले काम गर्न सक्दैन भनेतपाईं यसको सट्टामा कपाल हटाउने हेयर रिमुभल वाक्स पनि प्रयोग गर्न सक्नुहुनेछ।

 

ठूलो काँडाँ बिझ्यो भने के गर्ने

  • एउटा सानो सुई र चिमटी लिनुहोस् र रक्सी वा एन्टीसेप्टिकले यसलाई सफा गर्नुहोस्।
  • यदि तपाईं काँडाँको भाग देख्नुहुन्छ भनेचिमटीले समात्नुहोस् र आरामसँग बाहिर निकाल्नुहोस्।
  • यदि काँडाँ चिमटीले आउँदैन भनेसुईलाई पनि यही तरीकाले प्रयोग गर्नुहोस्।
  • यदि तपाइँ छालामा काँडाँ देख्नुहुन्न भनेतपाईं म्याग्निफाइ ग्लासको पनि सहयोग लिन सक्नुहुन्छ।

 

काँडाँ हटाउन को लागी घरेलु उपचार।

छालामा फसेको काँडा वा छेस्कोहरु घरेलू उपचारको सहयोगले सजिलै हटाउन सकिन्छ। त्यसको लागी तलको घरेलू सामागी् बाट कुनै पीडा बिना काँडाँ हटाउन सक्नुहुन्छ।

१.बेकिंग सोडा

थोरै पानीमा एक चौथाई चम्चा बेकिंग सोडा राख्नुहोस्। यसको पेस्ट बनाउनुहोस्। काँडाँ बिझेको भाग राम्ररी सफा गरेपछियो पेस्ट लगाउनुहोस्। यसलाई स्ट्रीप गर्नुहोस् २४ घण्टाको लागि छोड्नुहोस्। त्यस पछि स्पष्ट देख्नुहुनेछ र तपाईले ट्विजरको सहायताले बाहिर निकाल्न सक्नुहुन्छ।

 

२.ढेका नुन

यदि तपाइँ काँडाँ देख्नुहुन्न भनेत्यस भागलाई नुन पानीमा डुबाउनुहोस्। यदि तपाइँ चाहनुहुन्छ भनेनुन राखेर स्ट्रिप पनि बनाउन सक्नुहुन्छ। यस पछितपाईं सजिलैसँग ट्विजरको साथ काँडाँ निकाल्न सक्नुहुन्छतर यदि तपाईं चिमटी प्रयोग गर्न चाहनुहुन्न भने,काँडाँ बाहिर नआउन्जेल नुन स्ट्रिपमा राख्नुहोस्।

 

३.केराको बोक्रा

काँडाँ हटाउनको लागि केराको बोक्रालाई प्रभावित ठाउँमा रगनुहोस्। साथै केराको बोक्रालाई पट्टी सँगै बाँध्नुहोस् रातभरको लागि छोड्नुहोस्। यो गर्नालेफँसेको काँडाँ केराको बोक्रामा टासीएर बाहिर आउन सक्छ।

 

४.अण्डा

अण्डालाई काँडाँ हटाउनको लागि पनि प्रयोग गर्न सकिन्छ। यसको लागिपहिले अण्डा तोड्नुहोस् र यसलाई प्रभावित क्षेत्रमा लगाउँनुहोस्। काँडाँ स्वतः छिल्काको साथ बाहिर आउँछ। अण्डाको यो घरेलु उपाय सानो काँडाँ निकाल्न धेरै प्रभावकारी हुन्छ।

 

५.दूध र रोटी

फसेको काँडाँ झिक्न दूध र रोटीले तपाईंलाई मद्दत गर्न सक्दछ। रोटीको एक टुक्रा लिनुहोस् र यसमा थोरै दूध खन्याउनुहोस्। यसलाई प्रभावित क्षेत्रमा राख्नुहोस् र एक रात पट्टीको साथ यसलाई छोड्नुहोस्। जब लुप तान्नुहुन्छ यसले कुनै दुखाई हुँदैन।

 

काँडाँ निकाल्ने तरिकाहरू।

यदि काँडाँ तपाइँको शरीर को कुनै पनि भाग मा बिझेको छ भने यसलाई घर मा विभिन्न तरीकाले निकाल्न सक्नुहुनेछ। काँडाँ कुन भाग गढेको छकति गहिरो छयसको आकार कत्रो छ र कुन दिशामा छ भनेर जान्नु आवश्यक छ।

१.चिमटी

यदि सानो काँडाँ वा छेस्को अडकिएको छ भने यसलाई हटाउनको लागी चिमटीको प्रयोग गर्न सक्नुहुनेछ। चिमटीले काँडाँलाई समाटेर सजिलै बाहिर निकाल्न सकिन्छ। यसको लागी पहिले चिमटीलाई मदिराले सफा गर्नुहोस्। अब चिमटीको बीच भागले काँडाँलाई समायर बाहिर तान्नुहोस्।

 

२.डक्ट टेप

यसको सहायताले सजीलै हटाउन सकिन्छ। यसको लागी पहिले प्रभावित क्षेत्र सफा गर्नुहोस्। अब डक्ट टेप लगाउँनुहोस् र ३० मिनेटको लागि छोड्नुहोस। त्यस पछि टेप बाहिर निकाल्नुहोस्। यसरि तपाई निकाल्न सक्नुहुन्छ। एक पटकमा काँडाँ आएन भने पटक पटक यो विधि प्रयास गर्न सक्नुहुनेछ।

 

काँडाँ फस्दा गर्न सकिने उपचार।

काँडाँ निकाल्नु भन्दा अघि छालामा कति गहिराइमा गढेको छ र यसले कतिको घाँउ बनाएको छ भनेर हेर्नुहोस। फँसेको छेस्को वा काँडाँ निकाल्नु भन्दा पहिले साबन पानीले राम्रो सँग हात धुनुहोस र काँडाँ झिकिसकेपछि पनि प्रभावित क्षेत्र राम्रो सँग साबन पानीले धुनुहोस ताकी कुनै संक्रमण नहोस।

यदि तपाईंसँग काँडाँलाई स्पष्ट रूपमा हेर्न म्याग्निफाइ ग्लास छैन भनेतपाईं बत्ती वा सूर्यको प्रकाशको सहायताले पनि हेर्न सक्नुहुन्छ। काँडाँ गढेको ठाँउमा दबाब नदिनुहोस्। यसको कारणकाँडाँ टुक्रा टुक्रा हुन सक्छ जसले यसलाई हटाउनको लागी अधिक समस्या हुन सक्छ।

यदि कुनै चोटपटक लागेको छ भने स्टिष्लनिंग हुने गर्दछयसलाई डेटोल वा सेभलनले सफा गर्न सकिन्छ र यसमा सोफ्रामाइसिन क्रीम लागू गर्न सकिन्छ।

डाक्टरको सहयोग कति बेला लिने।

  • यदि प्रभावित क्षेत्र रातो भएको छ भनेयसको रंग फिक्का छ भने तपाईंले तत्काल डाक्टरलाई भेट्नु पर्छ।
  • प्रभावित क्षेत्रमा पोल्ने वा दुख्ने भएमा।
  • काँडाँको आकार ठूलो छ भने।
  • छाला छुँदा दुख्छ भने।
  • जब आँखाको वरिपरि काँडाँ बिझेको छ भने।
  • यदि काँडा छालाको भित्री भागमा बिझेको छ भने।

नोटः यदि टिटानस इन्जेक्सन लगाएको ५ बर्ष भन्दा बढी भइसक्यो भने तपाईंले आफ्नो डाक्टरसँग सल्लाह गर्नुपर्छ।