म्याद सकिएको कन्डमको बेफाइदाहरू।

म्याद सकिएको कन्डमको बेफाइदाहरू।

कन्डम विभिन्न यौन रोगबाट बच्न र गर्भनिरोधको साधनको रूपमा प्रयोग गरिन्छ। कन्डमको सहयोगले तपाईं गर्भको चिन्ता बिना सेक्सको मजा लिन सक्नुहुन्छ। यसको सबै भन्दा राम्रो पक्ष कन्डम सस्तो मूल्यमा बजारमा उपलब्ध छन र कन्डम सरकार द्वारा निः शुल्क प्रदान पनि गरीएको छ।

कन्डमका धेरै फाइदाहरू छन् र यो प्रयोग गर्न पनि धेरै सजिलो छ। यस कारण धेरै जोडीहरूले उनीहरूको घरमानै  कन्डमहरू किनेर राख्ने गर्दछन्। तर कन्डमको पनि समयावधि सकिन सक्छ भन्ने कुराको बारेमा तपाईंलाई वास्ता नहुन सक्छ।

खराब वा म्याद सकिएको कन्डमको प्रयोगको कारणतपाईलें धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। त्यसकारण यस लेखमा हामी तपाईलाई बताउँनेछौ कि एक्सपायर कन्डम प्रभावकारी छ वा छैन र म्याद सकिएको कन्डम प्रयोग गर्न सुरक्षित छ वा छैन भनेर।

 

म्याद सकिएका कन्डमहरू कत्तिको प्रभावकारी हुन्छन त

  • म्याद सकिएको वा पुरानो कन्डमको प्रभावकारिता धेरै हदसम्म कम हुन्छ। म्याद सकिएको कन्डमहरू प्रायः सुक्खा र कमजोर हुन्छन्त्यसैले यौन संभोगको समयमा तिनीहरु फुट्न सक्ने डर हुन्छ। म्याद सकिएको कन्डमको प्रयोगले तपाईं र तपाईंको पार्टनरको बीचमा यौन संक्रमितको जोखिमलाई अझ बढाउँदछ। साथैत्यस्ता कन्डमको प्रयोगबाट गर्भावस्थाको जोखिम पनि बढि हुन्छ।
  • यदि कन्डम (जसको म्याद सकिएको छैन) भने सहि तरिकाले प्रयोग गरिएको छ भने९८ प्रतिशत सम्म प्रभावकारी हुन्छ।
  • यदि कन्डमको म्याद सकिएको छ भने यसको प्रभावशीलता निकै कम हुनेछ।
  • कन्डमको डेट सामान्यतया ३ देखि ५ वर्ष सम्म हुन्छ। कन्डमको गुणस्तर र यसको लाइफ यसको ब्रान्ड (निर्माण कम्पनी) मा निर्भर गर्दछ। साथैकन्डम कसरी र कुन अवस्थामा राखिएको छ भन्ने कुराले पनि प्रभाव पार्दछ।

 

कन्डमको म्याद सकियो भनेर कसरी जान्ने

  • सबै कन्डमको प्याकेटहरूमा तिनीहरूको उत्पादन र समाप्त मिति राखिएको हुन्छ। यदि तपाईं म्याद समाप्त हुने मिति पछि पनि कन्डम प्रयोग गर्नुहुन्छ भनेयो ध्यान राख्नुहोस् कि यौन संभोगको समयमा फुट्न सक्छ र तपाईंको पार्टनर गर्भवती हुन सक्छ। र धेरै यौन रोगहरू पनि लाग्न सक्छ।
  • कहिलेकाँही कन्डमको म्याद समाप्त हुने मिति भन्दा पहिले खराब हुन सक्छ। यदि तपाईंले सहि ठाउँमा राख्नु भएको छैन भनेतपाईं संभोगको समयमा सुक्खा महसुस गर्नुहुनेछ। यस्तो कन्डमको प्रयोग गर्नु बेकार वा हानीकारक हुन्छ। कन्डमलाई चिसो र सुख्खा ठाउँमा राख्नु उत्तम हुन्छ। यसलाई प्यान्ट्स पकेट वा पर्समा नराख्नुहोस्।

 

के म्याद सकिएको कन्डम प्रयोग गर्न सुरक्षित छ

  • यदि म्याद सकिएको कन्डम राम्रोसँग राखिएको छ भनेयो प्रयोग गर्न सुरक्षित हुन सक्छ। साथैयदि तपाईं फाटेको वा प्वाल परेको कन्डम प्रयोग गर्नुहुन्छ भनेत्यती बेला कन्डमको प्रयोग सुरक्षित हुदैन।
  • यदि तपाईंसँग नयाँ कन्डम छैन भनेतपाईं यस्तो अवस्थामा पुरानो र म्याद सकिएका कन्डम प्रयोग गर्न सक्नुहुनेछतर यो कुरा ख्याल राख्नुहोस कि तपाईंलाई म्याद सकिएको कन्डमको प्रयोगमा समस्या भइरहेको छ भनेयसलाई तुरुन्त हटाउनुहोस्। म्याद सकिएको कन्डम कुनै पनि बेला प्रयोगको समयमा फुट्न सक्दछ। यदि तपाईं म्याद सकिएको कन्डम प्रयोग गर्दै हुनुहुन्छ भने त्यसमा प्वाल छ कि छैन भनेर जाँच गर्नुहोस।

 

यदि सेक्सको समयमा कन्डम फुट्यो भने के गर्ने

विज्ञहरूका अनुसारयदि उपयोगको समयमा म्याद सकिएको कन्डम फुट्यो भने ३ देखि ६ हप्ता भित्रमा यौन संक्रमणको जाँच गर्नु आवश्यक हुन्छ। र फेरी ३ महिना पछिपरीक्षण गर्नुहोस्। यस बाहेकसेक्सको समयमा म्याद सकिएको कन्डम फुटेमा महिला पार्टनरले गर्भनिरोधक औषधि लिनु पर्छ। म्याद सकिएको कन्डमको प्रयोग उचित छैन। त्यसैले सुरक्षित सेक्सको लागि सही कन्डम मात्र प्रयोग गर्नुहोस्।