के हो त वजाइनल इन्फेक्सन र यसबारे बच्ने उपाय जान्नुहोस् ।

के हो त वजाइनल इन्फेक्सन र यसबारे बच्ने उपाय जान्नुहोस् ।

योनि वरिपरि हुने संक्रमण क्यान्डिडा भनिने फगंसबाट हुने गर्दछ। यद्यपि यो रोग होईनतर यदि समबन्धि सावधानी अपनाइएन भनेपछि यो समस्याले गम्भीर रूप लिन सक्छ।

मनसूनको मौसमले हाम्रो स्वास्थ्य सम्बन्धि विभिन्न समस्या लिएर आउँदछ वा कुनैपनि मौसम परिवर्र्तन हुने समय शरिरमा विभिन्न रोग देखा पर्न सक्छ। यस मौसममायोनि संक्रमणको जोखिम महिलाहरूको लागि उल्लेखनीय रूपमा बढ्छ। योनि संक्रमणको कारणले गर्दा योनि चिलाउँनेवरिपरि घाउँ खटिरा जस्ता धेरै समस्या उत्पन्न गर्दछ।

कहिलेकाँही महिलाले पिशाब गरेपछि वा यौन सम्बन्ध पश्चात घाउँ वा योनि दुखेको महशुस गर्न सक्दछन। जसको कारण भनेको योनि संक्रमण गराउँने क्यान्डिडा भनिने फंगस कारणले हुन्छ। त्यस कारण यस अवस्थामा तपाईको योनीको सफाईमा विशेष ध्यान राख्नु पर्छ।

मनसूनको समयमा योनि सम्बन्धि संक्रमणबाट बच्नको लागि यी उपायहरू अपनाउँनुपर्दछ।

 

 १. योनीको नियमित सफाईमा बिशेष ध्यान दिनुपर्दछ।

मनसून समयमा योनि संक्रमणबाट बच्नको लागि तपाईंको योनी दैनिक दुई पटक सफा गर्नुहोस्। सफा गर्दा तपाइँको योनीलाई अगाडिबाट पछाडि सम्म रामो्र सँग सफा गर्नुहोस्।

 

 २. कटनको अन्डरवेर लगाउनुहोस्।

यदि तपाईं यस मौसममा वेजाईना इनफेक्सन बाट बच्न चाहनुहुन्छ भनेसधैं सूती अथवा कटनको कपडा लगाउनुहोस्। योनि बारम्बार भिजेको कारण संक्रमणको खतरा हुन सक्छ।

 

३. यौन सम्पर्क पश्चात सधै योनि सफा गर्नुहोस।

योनीलाई सधै सेक्स पछि राम्रोसँग सफा गर्नुपर्छ। यदि तपाईंले यौन सम्बन्ध राखेपछि नियमित रुपमा शरिर नुहाउनुभयो भने रामो्र हुनेछ। यसो गर्नाले तपाईं वेजाइना इनफेक्सन बाट बच्न सक्नुहुन्छ।

 

४. साबुनको प्रयोग बाट टाढा रहनुहोस्।

कुनै पनि सुगन्धित साबुनले योनीलाई धुनु वा साबन लगाएर योनिलाई सफा गर्नु हुदैन। साबुनहरू योनीको लागि धेरै बेफाईदाजनक छ जसले योनिलाई सुक्खा बनाउँदछ। साथैती साबनमा हुने विभिन्न रासायनिक तत्वहरूले तपाईंको योनीमा संक्रमण हुन सक्दछ।

 

५. सेनेटरी प्याडहरू प्रत्यक ४ देखि ६ घण्टाको फरकमा बदल्नुहोस्।

विशेष गरि मनसुनमा  ओसिलोपनको कारण तपाईको योनीमा संक्रमण हुने सम्भावना बढ्छ। चिसोपनको कारणतपाईलाई योनि वरिपरि चिलाउँने वा रेशेज हुन सक्छ। यदि तपाईं पिरिएडको अवधिमा हुनुहुन्छ भनेतपाईंले प्याड प्रत्येक ४ वा ६ घण्टाको बिचमा परिवर्तन गर्नुहोस्।