डुब्लो वा स्कीनी महिलाहरूले वजन बढाउने उपायहरु ।

डुब्लो वा स्कीनी महिलाहरूले वजन बढाउने उपायहरु ।

वजन कम गर्न धेरै गाह्रो हुन्छ। त्यसको लागी नियमित व्यायाम र उचित खानाहरू उपभोग गर्नुपर्छ। यसरि बिस्तारै वजन कम गर्न सकिन्छ। त्यस्तै गरीवजन बढाउँन पनि गाह्रो हुन्छ। विशेष गरी महिलाहरूको लागि यो ठूलो चुनौती हो। डुब्लो महिलाहरुले तौल बढाउँन विभिन्न तरिकाहरू प्रयास गर्छन्तैपनि तौल बढाउँन सक्दैनन्। वास्तवमा धेरै खाना खाँदैमा तौल बढ्छ भन्ने होईन। यसको लागि तपाईले आफ्नो खानापान विशेष ध्यानजीवनशैली नियन्त्रण र व्यायाम गर्नुपर्छ।

 

महिलाको तौल कसरी बढाउने?

महिलाको तौल बढाउँनको लागि डाइट प्लान।

सबै भन्दा पहिले तपाईले वजन बढाउँन के खानुपर्छ त्यसमा ध्यान दिनुहोस्। बिहानको खाजाखाना र डिनर नियमित उपभोग गर्नुहोस्। बिहानमा स्वस्थकर खाजा खानुहोस्। यसमा बदामदहीजस्ता चीजहरू समावेश गर्नुहोस्। यसले वजन बढाउन मद्दत गर्दछ। यस बाहेकरोटीबदाम बटर पनि वजन बढाउँन को लागी उपयोगी हुन्छ।

त्यस्तैतपाइँको दिउँसो खाना को लागी पनि योजना बनाउँनुहोस। यसको लागी लन्चमा प्रोटीन र फाइबरयुक्त भोजन समावेश गर्नुपर्छ। जस्तै सलादको साथमा चीजकुखुराको मासुर फलफुलहरू जस्तै केराआपआदि समावेश गरेर खान सकिन्छ।

जब डिनरको कुरा आउँछयसमा प्रोटीन भन्दा पनि बढी क्यालोरीमा ध्यान दिनुपर्दछ। यद्यपि महिलाहरूले रातीको खानामा वजन बढाउन प्रोटीन लिनुपर्दछउच्च क्यालोरीयुक्त खाना जस्तै सक्करखण्डब्रोकोली आदि बढी फाइदाजनक हुन्छन्। पातलो महिलाहरुले राति सुत्नु भन्दा पहिले डार्क चकलेट खानुहोस।

यसरि एक दिनमा पाँचदेखि छ चोटि थोरै थोरै खाने बानी गर्नुहोस। साथै बीचमा स्न्याक्स पनि खादै आनन्द लिनुहोस्। यो विधि वजन बढाउनका लागि उपयोगी हुन्छ। पातलो महिलाहरूको समस्या उनीहरू एकै पटकमा धेरै खाना खान सक्दैनन। यस कारण कारण विशेषज्ञहरूले पातलो महिलालाई दिनमा ५ देखि ६ पटक खान सल्लाह दिन्छन्।

 

महिलाहरूले आफ्नो वजन बढाउन यी डाईटहरू समावेश गर्नुपर्दछ.

१.नट्स।

सबैलाई नट खान मन पर्छ। तर जसको धेरै वजन छनट्स खान बेवास्ता गर्नुहोस् किनभने यसले सजिलै वजन बढाउन सक्छ। यसमा प्रोटीन र फाइबर प्रयाप्त मात्रामा हुन्छ। यसकारण तौल बढाउँन डुब्लो महिलाहरुले नट्स खानुहोस।

 

२.नट बटर।

आजकलनट बटर धेरै लोकप्रिय छ। केही व्यक्तिहरूले खाजाको रूपमा रोटी मा नट बटर समावेश गरेर खाने गर्दछन। यदि तपाईं आफ्नो पातलोपनको बारेमा धेरै चिन्तित हुनुहुन्छ भनेत्यसोभए तपाईं आफ्नो खानामा नट बटर थप्न सक्नुहुन्छ। यसले वजन बढाउन सहयोग गर्दछ।

 

३. फलहरूलाई सुकाएर खानुहोस।

के तपाईंले कहिल्यै फलफुलहरू सुकाएर खानु भयको यदि छैन भने फलहरू सुकाएर खान थाल्नुहोस्। किनकि यसले स्लिम महिलाहरूको वजन बढाउन मद्दत गर्दछ। यसरि तपाईं सुक्खा अंगूरसुक्खा खजुरआदी तपाईंको आहारमा समावेश गर्न सक्नुहुन्छ। सुख्खा फलफूलहरूलाई सलादको रूपमा नियमित रूपमा खानुहोस्।

 

४.ताजा फलहरू।

जो आफ्नो वजन बढाउन चाहान्छन्तिनीहरूले विशेष गरी नियमित फलफुल खानुपर्छ। तपाईंको खानामा आँपएवोकैडो जस्ता फलहरू समावेश गर्नुहोस्।

 

५.स्टार्चयुक्त तरकारीहरू।

स्टार्चयुक्त तरकारीमा अन्य तरकारीहरू भन्दा बढि क्यालोरी हुन्छ। त्यसकारण कुनै हिचकिचाहट बिना स्टार्च तरकारीहरू तपाईंको डाईटमा समावेश गर्नुहोस्। स्टार्चयुक्त सब्जीहरू जस्तै आलुमकैको गेडागुडीमटरआदी हुन्।

 

६.तेल वा फ्याट्स.

के तपाईंले कहिल्यै खाना पकाउन कस्तो किसिमको तेल प्रयोग गर्नुहुन्छ भनेर सोच्नुभएको छ वास्तवमाधेरैजसो महिलाहरूले यसको बारेमा सोच्दैनन्। जबकि वजन बढाउँन र स्वस्थ रहन स्वस्थ तेलको आवश्यक हुन्छ। जैतुनको तेल उत्तम विकल्प हो। एक चम्मच जैतुनको तेलमा १२० क्यालोरी हुन्छ। तपाईं दालमा जैतुनको तेलउमालेको आलु आदी खान सक्नुहुन्छ। विज्ञहरू भन्छन कि क्यालोरीको संख्या बढाउनको लागि अलिभ तेल उपयुक्त हुन्छ।

 

७.गहुँको दाना र आलशको बीजः

यदि तपाईं तौल बढाउनको लागि सबै प्रकारका उपायहरू प्रयोग गरेर थकित हुनुहुन्छ भनेतब तपाईंको आहारमा गहुँको दाना र आलश खान सुरु गर्नुहोस्। यसको नियमित प्रयोगले तौल बढ्न थाल्छ। यी तत्वहरू तपाईंको वजन बढाउनका लागि उपयोगी छन्।

 

महिलाको तौल बढाउने तरिकाहरू।

  • महिलाले तौल बृद्धि गर्न व्यायाम गर्नु पर्दछ।

यदि वजन बढाउन चाहानुहुन्छ भनेतपाईं खानेकुराहरुमा मात्र ध्यान दिनुहुन्छ भने सावधान हुनुहोस्। यसले मुख्य रूपमा तपाईंको बढ्दो तौलमा फ्याट समावेश गर्दछजुन स्वस्थ जीवनको संकेत होईन। यदि तपाईं आफ्नो वजन सही तरीकाले बढाउन चाहानुहुन्छ भने नियमित व्यायाम पनि गर्नुहोस्।

अमेरिकन काउन्सिल अफ एक्सरसाइजले बढाउँन हप्ताको दुई दिन ३० मिनेट एरोबिक व्यायाम गर्न सल्लाह दिन्छ। ध्यान दिनुहोस् कि धेरै व्यायामले तपाईंको स्वास्थ्यलाई हानी पुर्‍याउन सक्छ। यसले तपाईंको डाइटबाट अतिरिक्त क्यालोरीहरू बर्न गर्न सक्छ। यदि तपाईंलाई एरोबिक व्यायाम मनपर्दैन भनेयोगा क्लास लिनुहोस्।

 

  • महिलाहरू तौल बढाउँने क्रममा धैर्य हुनुपर्दछ।

जसरी तपाईं वजन घटाउन को लागी धैर्य हुनु पर्छत्यस्तै गरीवजन बढाउन को लागी धैर्य हुनुहोस्। बिस्तारै वजन बढाउन सुरू गर्नुहोस्। दिमागमा राख्नुहोस् वजन बढाउँनका लागी रातारात परिणाम आउँन सक्दैन बरु तपाईं के खाइरहनुभएको छकति खाँदै हुनुहुन्छ कुन समयमा खादै हुनुहुन्छ ध्यान दिनुहोस। तपाई जे खादै हुनुहुन्छजे गरिरहनुभएको छत्यसले वजन बढेको महसुश भएको छ भनेसोहि तालिका वा सेडयुल मा टिकिरहनुहोस्।

 

  • महिलाले  तौल बढाउन तनाब बाट मुक्त हुनुपर्दछ।

धेरै चोटितौल बढाउँने उपायहरू असफल हुन सक्छ। विज्ञहरुका अनुसार यो समस्या प्राय त्यस्ता महिलाहरुमा हुने गर्दछ जो प्रायः तनावमा हुन्छन्। वास्तवमाजब महिलाहरू तनावमा हुन्छन्तिनीहरूले धेरै कुरालाई वेवास्ता गर्न सुरु गर्दछन्। जसले स्वास्थ्यमा प्रतिकुल असर पर्दछ। यदि तपाईं वजन बढाउनको लागि प्रतिबद्ध हुनुहुन्छ भने तनावबाट टाढा रहनुहोस्।

तनाव कम गर्न ध्यान गर्नुहोस्। राम्रो सकारात्मक मानीसको नजिक रहनुहोस्। तनाव बढाउने मानिसबाट टाढा बस्नुहोस्। जुन कुराले तपाईलाई तनाव उत्पन्न गर्दछ त्यस्तो काम नर्गनुहोस। खुशी हुन प्रयास गर्नुहोस्। तपाईले महसुश गर्नु हुने छकि तपाईको तौल आफ्नै हिसाबले बढ्नेछ।