यी ५ फुडहरु जसमा Zero क्यालोरी हुन्छ र यसको प्रयोगले तौल घटाउँछ।

यी ५ फुडहरु जसमा Zero क्यालोरी हुन्छ र यसको प्रयोगले तौल घटाउँछ।

वजन बढ्ने वा मोटोपनको डरले प्रायजसो हामी आफुलाई मनपर्ने चीजहरू खान असमर्थ हुन्छौं। मोटोपनाको डरले गर्दाखानामा क्यालोरीको मात्राको विशेष ख्याल राख्नु पर्दछ। खानामा अधिक क्यालोरीयुक्त खाद्य पदार्थ मोटोपनको लागि उपयुक्त हुँदैन। यदि तपाईं आफ्नो खानामा क्यालोरीको मात्राको पनि ख्याल राख्नुहुन्छ भने तपाईंले आफ्नो खानामा त्यस्ता चीजहरू समावेश गर्नुपर्दछ जसमा क्यालोरीको मात्रा कम होस।

जुन खानामा २५ वा यो भन्दा कम क्यालोरी हुन्छ त्यस्ता खानालाई क्यालोरी फ्री फुडको सुचिमा राखीन्छ। यसमाप्रत्येक खानाको मात्रा पनि निकै महत्त्वपूण हुन्छकी तपाइ कुन खाना कति मात्रामा उपभोग गरिरहनुभएको छ।

उदाहरणको लागि२ कप पपकोर्नमा  केवल ४० क्यालोरी हुन्छ। यदि तपाईंले पपकर्नको पूरै प्याकेट खानुहुन्छ भने यसको मतलब तपाईंले २०० क्यालोरी उपभोग गर्नुभयो जुन कुरा राम्रो हुदैन र यस्तो अवस्थामा यसलाई क्यालोरी फ्री फूड पनि भन्न सकिदैन। मतलब हामीले  खाने प्रत्यक खानामा क्यालोरी को मात्रा ख्याल गरेर सहि मात्रामा खानुपर्दछ।

यस लेखमा हामी तपाईंलाई केहि कम क्यालोरी फूडहरूको बारेमा बताउँदैछौं जुन तपाईंले आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ। यस्ता फुडहरु मा स्वास्थ्यका लागि आवश्यक अन्य पोषक तत्वहरू समेत प्रयाप्त मात्रामा हुन्छन्।

 

१.स्याऊ

स्याउ धेरै पौष्टिक फल हो। यो स्वास्थ्यको लागि धेरै लाभदायक हुने केही फलहरूमध्ये एक हो। स्याउको आधा कप वा ६२.५ ग्राम स्याउमा करिब २५ क्यालोरी र ३ ग्राम डाइट फाइबर हुन्छ। शरीरले स्याउ पचाउन ऊर्जा खर्च गर्नु पर्ने भएकोले यस फलबाट प्राप्त हुने क्यालोरीको मात्रा स्वतः घट्छ।

 

२.ब्रोकाउली

ब्रोकाउली पनि पौष्टिक तरकारीहरु मध्ये एक हो। यसले क्यान्सर जस्ता धेरै रोगहरूसँग लड्न पनि मद्दत पुर्‍याउँछ। एक कप अर्थात् ९१ ग्रामको ब्रोकाउली मा ३१ क्यालोरी हून्छ। यो भिटामिन सी को पनि राम्रो स्रोत हो।

विज्ञहरूका अनुसार दैनिक भिटामिन सीको १०० प्रतिशत आवश्यकता ब्रोकाउलीले पूरा गर्न सक्छ। तसर्थतपाईं कम क्यालोरीको लागि र स्वस्थ रहनको लागि तपाईंको आहारमा ब्रोकाउली समावेश गर्न सक्नुहुन्छ।

 

३.बन्दागोभी

बन्दागोभी यस्तो तरकारी हो जुन काँचै वा पकाएर खान सकिन्छ। काँचो बन्दागोभी सलाद को रूप मा पनि खान सकिन्छ। यसमा अन्य तरकारीहरु को तुलनामा कम क्यालोरी रहेको हुन्छ।

८९ ग्राम बन्दागोभीमा केवल २२ क्यालोरी रहेको हुन्छ। यसको मतलब यो हो कि तपाइँले सजिलैसँग आफ्नो डाईटमा गोभी खान सक्नुहुन्छ र वजन घटाउन सक्नुहुन्छ।

 

४.गाजर

गाजर सबैभन्दा धेरै खाइने तरकारी हो। धेरै मानिसहरूले यसलाई आँखाको प्रकाश बढाउनको लागि पनि खान्छन्। वास्तवमायो बीटा क्यारोटीनको राम्रो स्रोत हो। ६४ ग्राम गाजरमा करीव २५ क्यालोरी हुन्छ। थप रूपमायसमा भिटामिन ए पनि रहेको हुन्छ।

 

५.फूलगोभी

पछिल्ला केही बर्षहरूमाफूलगोभी उच्च कार्बोहाइड्रेट तरकारीहरूको एक उत्तम विकल्पको रूपमा लोकप्रिय भएको छ। १०० ग्राम फूलगोभीमा २५ क्यालोरी हुन्छ र केबल ५ ग्राम कार्बोहाइड्रेट रहेको हुन्छ।

त्यस्ता आहारहरूमा मुख्यतया फाइबर प्रयाप्त मात्रामा रहेको हुन्छ। विज्ञहरू भन्छन कि माथि उल्लिखित खानाहरूमा क्यालोरी निकै कम हुन्छन् भने यसले शरीरलाई पनि धेरै उर्जा दिन्छ।